कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर्किएका छन्। आइतबार बिहानदेखि महाकाली नदीमा बनेको चार लेन पुल नजिकै देखिएका ती हात्ती सोमबार बिहान निकुञ्जतर्फ फर्किएका हुन्।
यसअघि आइतबार दिनभर ती हात्तीलाई निकुञ्ज फर्काउन नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जका कर्मचारीले प्रयास गरेका थिए। हात्तीलाई फर्काउन साइरन बजाउने तथा विभिन्न उपाय अपनाइए पनि सफल हुन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।
“‘भाइरल रोड” भनेर परिचित यस सडकमा मानिसको अत्यधिक भीडभाडका कारण विभिन्न प्रयास गर्दा पनि हात्तीलाई निकुञ्ज फर्काउन समस्या भएको थियो,” उनले भने, “मानिसको भीड हटेपछि सोमबार बिहानै सबै हात्ती निकुञ्ज फर्किएका छन्।”
दोधारा चाँदनी झोलुङ्गे पुल नजिकबाट नदी हुँदै आएका तीन वटै हात्ती महाकाली चार लेन पुल नजिकैको पोखरीमा पुगेका थिए। मानवीय क्षति हुन नदिन उनीहरूलाई निकुञ्ज फर्काउने क्रममा सुरक्षाकर्मीसहित प्रमुख जिल्ला अधिकारी मदन कोइराला पनि घटनास्थल पुगेको थिए।
निकुञ्जका सूचना अधिकारी वाग्लेका अनुसार हात्तीको बथानबाट छुट्टिएका ती हात्ती पिपरियातर्फ हुँदै निकुञ्ज फर्किएका हुन्। अहिले उनीहरूलाई पुन: बथानमा मिलाउने प्रयास भइरहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा २५ देखि ३० वटा रैथाने हात्ती रहेको निकुञ्जले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...



प्रतिकृया लेख्नुहोस्: