Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबिच समसामयिक विषयमा छलफल हुने

खबरडबली संवाददाता

जोर्डन । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल-शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ । 

दक्षिणमा सिरियासँग सीमा जोडिएको जोर्डनले यसै महिनाको सुरुमा एक शिखर सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा अरब, टर्कीए, ईयू र अमेरिकी कूटनीतिज्ञहरुले वर्षौंको गृहयुद्धपछि समावेशी र शान्तिपूर्ण सङ्क्रमणका लागि आह्वान गरेका थिए । गत डिसेम्बर ८ मा असदलाई सत्ताच्युत गर्ने आक्रमणको नेतृत्व गरेको इस्लामिक समूह हयात तहरीर अल-शाम (एचटीएस) का शराले हालैका दिनमा मध्यपूर्व र त्यसभन्दा बाहिरका विभिन्न देशका वरिष्ठ अधिकारीलाई भेट गरी आफ्नो आगामी नीतिका बिषयमा स्पष्ट पार्दै सहयोगका लागि अपिल गरेका छन् । 

जोर्डनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साफादीले सोमबार नयाँ सिरियाली नेताका साथै अन्य सिरियाली अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । असदको पतनपछि जोर्डनका वरिष्ठ अधिकारीको यो पहिलो सिरिया भ्रमण हो । सरकारका प्रवक्ता मोहम्मद मोमानीले आइतबार पत्रकारहरुसँग कुरा गर्दै जोर्डनले ‘सिरियाली जनताको इच्छाको पक्ष लिएको’ बताए । 

मोमानीले सिरियामा सुरक्षा र स्थिरता बहाल भएको हेर्न चाहेको र आफ्नो भूभागको एकतालाई समर्थन गरेको बताए । युद्धग्रस्त सिरियामा स्थिरता जोर्डनको हितमा रहेको र यसले आफ्नो सीमामा सुरक्षा सुनिश्चित गर्ने मोमानीले बताए । सन् २०११ देखि युद्धबाट भागेर जोर्डनमा शरण लिएका केही सिरियाली नागरिक स्वदेश फर्कन थालेको जोर्डनका अधिकारीहरुले बताएका छन् । 

सिरियाको गृह मन्त्रालयले बिहीबार १३ लाख शरणार्थीमध्ये सात हजारभन्दा बढी सिरियाली नागरिक त्यहाँबाट बाहिरिएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार जोर्डनमा छ लाख ८० हजार सिरियाली शरणार्थी दर्ता भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: