Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी दिएका छन्।

सांसद बमले फेसबुकमा लेखेका छन्, ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले ककसलाई खरानी बनाउँछ । अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो ।’

उनले सन् २००४ देखि २२ वर्षको सामाजिक तथा राजनीतिक सङ्घर्षपूर्ण जीवनमा आफूले हार्न, सकिन र गुमाउन बाँकी केही नरहेको उल्लेख गर्दै देश र नागरिकका लागि मर्न तयार रहेको दाबी गरेका छन् । साथै आफूलाई ‘पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही’ भएको पनि स्टाटसमा उल्लेख गरेका छन् ।

स्टाटसको अन्त्यमा उनले ‘इतिहास बुझ्न थोरै समय लाग्छ, समय त्यतैतर्फ खर्च गर्दा राम्रो’ भन्दै ‘जय देश’ र ‘जय पशुपतिनाथ’ लेखेका छन्।

सांसद बमले उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने विषयमा भने स्टाटसमा स्पष्ट उल्लेख गरेका छैनन् । त्यसबारे उनले कुनै थप सार्वजनिक प्रतिक्रिया पनि दिएका छैनन् ।

पुकार बमकाे स्टाटस जस्ताकाे तस्तै

हेर्दै जाम , यो शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउँछ ।
अनावश्यक चलाउन , केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परिक्षा लिने कुचेष्टा नगरेकै राम्रो ।
सन २००४ देखिनको सङ्घर्षपुर्ण #२२वर्षको सामाजिक राजनैतिक जिवनबाट हार्न, सक्किन र गुमाउन बाकी केही नभएको,
देश र नागरिकका लागि मर्न तयार / पुराना शासक बाट लगभग मारी सकिएको एक सत्याग्रही हो पुकार बम ।
इतिहास बुझ्न थोरै समय लाग्छ ,
समय शक्ति त्यता खर्छ गर्दा राम्रो ।
जय देश 🙏
जय पशुपतिनाथ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending