Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

नाकामा रोक, नेपालगन्ज बजारमा भारतीय आँपको बिक्री

खबरडबली संवाददाता

नेपालगन्ज। सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका जमुनाहाबाट फिर्ता पठाउने गरिएको छ।

तर, नेपालगन्जका बजारमा भने भारतबाट ल्याइएका आँप खुलेआम बिक्री भइरहेको स्थानीयले बताएका छन्। भारतीय नागरिकले भारतबाट ल्याएका आँप दैनिक ठुलो परिमाणमा महँगो मूल्यमा बिक्री गरिरहेको उनीहरूको भनाइ छ।

नेपालगन्ज–११ ईदगाह रोडका राजु जसगढले त्रिभुवन चोकदेखि अस्पताल रोड, धम्बोझी चोक, त्रिवेणी मोड र बीपी चोकलगायतका बजार क्षेत्रमा साइकल, ठेला र पसलबाट भारतीय आँप बिक्री भइरहेको बताए।

“भारतबाट दुई किलो आँप किनेर ल्याउँदा सुरक्षाकर्मीले फर्काइदिए। तर यति धेरै आँप बजारमा कसरी आयो भन्ने प्रश्न उठेको छ,” उनले भने।

नेपालगन्ज सदरलाइनका जावेद राईले जमुनाहा नाकाबाट आँप ल्याउन नपाउने उपभोक्ता बजारमा पुग्दा जताततै भारतीय नागरिकले भारतीय आँप बिक्री गरिरहेको देखेर आश्चर्यचकित हुने गरेको बताए।

नेपालगन्ज र आसपासका क्षेत्रमा आँप उत्पादन न्यून रहेकाले स्थानीय उपभोक्ता भारतबाट आउने आँपमा निर्भर छन्। यस पटक सीमापारिबाट आँप ल्याउन नपाएपछि उपभोक्ता महँगो मूल्य तिरेर आँप किन्न बाध्य भएको गुनासो गरेका छन्।

नेपालगन्ज बजारमा अहिले भारतबाट ल्याइएका आँप प्रतिकिलो दुई सयदेखि दुई सय ५० रुपियाँसम्म बिक्री भइरहेको स्थानीयको भनाइ छ। नेपालगन्ज–७ गगनगन्जका दिनेश मानन्धरले रुपैडिहामा ७० देखि ८० रुपियाँ प्रतिकिलो पर्ने आँप नेपालगन्जमा दुई सय रुपियाँभन्दा बढीमा किन्नुपरेको बताए।

नेपालगन्जको त्रिभुवन चोकमा आँप बिक्री गरिरहेका भारत नवाबगन्जका रमेश मौर्यले नाकामा आँप ल्याउन रोक लगाइएको भए पनि आफूहरूले जुगाड गरेर ल्याउने गरेको स्वीकार गरे। उनले दैनिक एकदेखि दुई क्यारेटसम्म आँप ल्याउने गरेको बताए। एक क्यारेटमा २० किलो आँप हुन्छ।

सीमापारिबाट खानका लागि आँप ल्याउन नपाएपछि यस पटक राम्रोसँग आँप खान नपाएको अधिकांश स्थानीयको गुनासो छ।

यता, जमुनाहा नाकामा खटिएका सुरक्षाकर्मीले केरा र आँप नेपाल ल्याउन रोक लगाइएको बताएका छन्। ड्युटीमा रहेका एक प्रहरीले केरा र आँपलगायत प्रतिबन्धित वस्तु नेपाल भित्र्याउन कडाइ गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले केरा, आँपलगायत रोक लगाइएका वस्तु भारतबाट ल्याउन नदिइएको बताउँदै बजारमा भारतीय आँप कसरी पुग्यो भन्ने विषयमा छानबिन गरिने जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आत्मदाह प्रयास घटनाबारे सोधपुछ गर्न महानगर प्रहरीका पाँच जना जिल्ला प्रहरीमा बोलाइए

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...

आत्मदाह प्रयास गर्ने गणेश नेपाली जेन–जी आन्दोलनकारी थिए: रक्षा बम

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...

युवालाई रोजगारी र पारिश्रमिकसहितको प्रशिक्षण विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीसँग आज छलफल गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...

भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान

काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...

होटेल र पानी उद्योगलाई कारबाही

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फे...

नाकामा रोक, नेपालगन्ज बजारमा भारतीय आँपको बिक्री

नेपालगन्ज। सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका ...

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending