काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगिएको छ। सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै कैद, जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने फैसला कार्यान्वयनको चरणमा पुगेको छ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र विनोद शर्माको इजलासले २०८१ साउन १३ गते जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद, ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तथा सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो। हालै उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै विशेष अदालतले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो।
फैसला कार्यान्वयनका क्रममा जोशीले आफू ७७ वर्षको ज्येष्ठ नागरिक भएकाले कैद सजायमा छुट दिन माग गर्दै विशेष अदालतमा निवेदन दिएका छन्। विशेष अदालतले भने सर्वोच्चमा पुनरावलोकनको निवेदन परेको वा नपरेको जानकारी माग्दै आदेश दिएको छ। अन्तिम निर्णय नआएसम्म उनलाई कानुन व्यवसायीको जिम्मामा छाडिएको छ।
सर्वोच्चको फैसलाअनुसार जोशीको नाममा रहेको विभिन्न सम्पत्ति जफत हुनेछ। नबिल बैंकमा रहेको १५ लाख ५४ हजार ९६१ रुपैयाँ, त्यसमा प्राप्त ब्याज, १६ हजार ६८ अमेरिकी डलर, टोयोटा ल्यान्डक्रुजर गाडीको मूल्य, तनहुँस्थित जग्गा, सहकारीमा रहेको सेयर तथा अन्य सम्पत्तिसमेत जफत हुने भएको छ।
यो मुद्दा २०६० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो। मन्त्री रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जोशीविरुद्ध मुद्दा दायर भए पनि कानुनी विवादका कारण वर्षौंसम्म फैसला हुन सकेको थिएन।
सुरुमा विशेष अदालतले हदम्याद नाघेको भन्दै आरोपपत्र खारेज गरे पनि सरकारले सर्वोच्चमा पुनरावेदन गरेपछि उक्त फैसला उल्टिएको थियो। त्यसपछि पुनः सुनुवाइ गर्दै विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको थियो, जसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए।
सर्वोच्चले अन्तिम फैसलामा विशेष अदालतले तोकेको सजाय केही घटाउँदै ९ महिना कैद र ६९ लाख रुपैयाँभन्दा बढी जरिवाना कायम गरेको हो। साथै, अन्य प्रतिवादीमध्ये पाँच जनालाई सफाइ दिएको छ।
दुई दशकभन्दा लामो कानुनी प्रक्रियापछि आएको यो फैसला नेपालमा उच्च तहका राजनीतिक व्यक्तिमाथि चलेका चर्चित भ्रष्टाचार मुद्दामध्ये एकको अन्त्यका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...
आषाढ़ २६ गते, २०८३ - ०८:२३
हुम्ला । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...
आषाढ़ २६ गते, २०८३ - ०८:१८
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
आषाढ़ २६ गते, २०८३ - ०८:१६
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...



प्रतिकृया लेख्नुहोस्: