काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याजदेखि हरियो तरकारी, फलफूल, मसला र माछासम्मका थोक मूल्य निर्धारण गरिएको छ।
आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १५ रुपैयाँ र टनेल गोलभेँडा २८ रुपैयाँ कायम भएको छ। रातो लाम्चो आलु ४७ रुपैयाँ, रातो गोलो आलु ४० रुपैयाँ, भारतीय आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीतर्फ स्थानीय काउली ४५ रुपैयाँ, बन्दा ५० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ३५ रुपैयाँ, भिन्डी ३५ रुपैयाँ, लौका ३५ रुपैयाँ, घिरौँला ४० रुपैयाँ, फर्सी ३० देखि ६० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ।
सागसब्जीतर्फ रायो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ तथा हरियो धनियाँ ८० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
च्याउमध्ये कन्ये च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, तरबुजा ७० रुपैयाँ, मेवा (नेपाली) ९० रुपैयाँ, नासपाती २७० रुपैयाँ र अनार ५०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १२० रुपैयाँ तथा हरियो लाम्चो खुर्सानी ५० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
त्यसैगरी रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी माछा ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरी अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...
आषाढ़ २६ गते, २०८३ - ०८:२३
हुम्ला । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...
आषाढ़ २६ गते, २०८३ - ०८:१८
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
आषाढ़ २६ गते, २०८३ - ०८:१६
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...



प्रतिकृया लेख्नुहोस्: