Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

खबरडबली संवाददाता

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन् । पहिचान खुल्नेमा यसअघि भिरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन् । उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए।

सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ ९सहचालक० रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ता दुवै दाजु भाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य साहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यति बेला गहिरो शोकमा छन् । 

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा गत बिहीबार खसेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी अझै जारी राखेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आत्मदाह प्रयास घटनाबारे सोधपुछ गर्न महानगर प्रहरीका पाँच जना जिल्ला प्रहरीमा बोलाइए

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...

आत्मदाह प्रयास गर्ने गणेश नेपाली जेन–जी आन्दोलनकारी थिए: रक्षा बम

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...

युवालाई रोजगारी र पारिश्रमिकसहितको प्रशिक्षण विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीसँग आज छलफल गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...

भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान

काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...

होटेल र पानी उद्योगलाई कारबाही

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फे...

नाकामा रोक, नेपालगन्ज बजारमा भारतीय आँपको बिक्री

नेपालगन्ज। सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका ...

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending