काठमाडौं । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठुलो रकम बुझाएको खुलासा भएको छ ।
प्रहरीसँगको बयानमा उनीहरुले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलेको हो । मानव तस्करीमा मुछिएपछि मन्त्री अधिकारीले बुधबार नै पदबाट राजीनामा दिएका थिए । मन्त्री अधिकारीसँगै उडेका तीन जना र कीर्ते कागजात बनाउनमा संलग्न तीन जना गरी ६ जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
जापानको अध्यागमनले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो । उनीहरू मध्ये दुई जनाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए भने एक जनासँग वडा सदस्यको परिचयपत्र रहेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि तीनै जनालाई पक्राउ गरेको थियो । प्रहरीले अहिले उनीहरुविरुद्ध किर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको बताएको छ ।
उनीहरुकै बयानका आधारमा किर्ते परिचयपत्र बनाउन सहयोग गर्ने जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानमा यस प्रकरणमा महेश पाण्डेको भूमिका बढी देखिएको बताइएको छ ।
उनीहरूले पाण्डेलाई नै १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक बयानका क्रममा बताएका छन् । यस प्रकरणमा प्रहरीले अहिलेसम्म तत्कालिन मन्त्री अधिकारीलाई भने अनुसन्धानको दायरामा नराखेको बुझिएको छ । तर प्रहरीले यो विषयलाई मानवतस्करको विषयसँग जोडेर पनि अनुसन्धान गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८१ - २०:०९
ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढङ्गले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् । शिक्षक हित बचत तथा ऋण...
मंसिर २२ गते, २०८१ - १९:५५
जनकपुरधाम । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत् जननी सीताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन...
मंसिर २२ गते, २०८१ - १९:४४
गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा ...
मंसिर २२ गते, २०८१ - १९:२७
ताप्लेजुङ । सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबर भएको फाइनल...
मंसिर २२ गते, २०८१ - १९:२२
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । नवलपरासी पश्चिम, रामग्राम नगर...
मंसिर २२ गते, २०८१ - १९:१७
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् । कोशी प्रदेश समितिले शनिबार विरा...
मंसिर २२ गते, २०८१ - १९:११
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नु पर्ने वेला आएकाे बताएका छन् । उनले राज...
मंसिर २२ गते, २०८१ - १९:०२
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकाएर आज स्वदेश फर्केका छन् । चीनको कुनमिङ हुँदै युनान पुगेका अध्यक्ष राउत एउटा...
मंसिर २२ गते, २०८१ - १८:५८
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्...
मंसिर २२ गते, २०८१ - १८:४८
माेरङ । नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: