Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

खबरडबली संवाददाता

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार भएका राजनीतिक घटनाक्रमले दुवै दलबीचको गठबन्धन औपचारिक रूपमा टुट्ने अवस्था सिर्जना गरेको छ।

कर्णालीमा कांग्रेसका चार मन्त्रीले आलोपालो नेतृत्व गर्ने सहमति कार्यान्वयन नभएको भन्दै सामूहिक राजीनामा दिएका छन्। पर्यटन मन्त्री सुरेश अधिकारीले एमालेले पूर्वसहमति पालना नगरेकाले सरकारबाट बाहिरिन बाध्य भएको बताएका छन्।

यता सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्। बजेट पारित गर्ने विषयमा सत्ता साझेदार एमालेकै असहयोगपछि यस्तो निर्णय गरिएको जनाइएको छ। त्यसलगत्तै एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

कांग्रेस स्रोतका अनुसार यो निर्णय दुई प्रदेशमा मात्रै सीमित रहने छैन। एमालेसँग रहेका सबै प्रदेश सरकारबाट क्रमशः अलग हुने रणनीति पार्टीले बनाइसकेको छ। प्रदेश सरकारसम्बन्धी समन्वयको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको थियो। एमाले नेतृत्वसँग लामो संवाद भए पनि सहमति जुट्न नसकेपछि कांग्रेसले सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेको बताइएको छ।

कांग्रेस नेताहरूका अनुसार आलोपालो नेतृत्व गर्ने पूर्वसहमति कार्यान्वयन नगर्नु, प्रदेश सरकारको नेतृत्वबारे एमालेले नयाँ अडान लिनु र राजनीतिक विश्वासको वातावरण कमजोर हुनु गठबन्धन टुट्नुका प्रमुख कारण हुन्।

उता एमाले भने सहकार्य जोगाउने प्रयास जारी रहेको दाबी गरिरहेको छ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले शीर्ष नेताबीच संवाद जारी रहेकाले सकारात्मक निष्कर्ष निस्कने अपेक्षा रहेको बताएका छन्।

यद्यपि पछिल्ला घटनाक्रमले २०८१ असारमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सातबुँदे सहमतिबाट सुरु भएको कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्यको संघारमा पुगेको संकेत दिएको छ। अब कोशी, लुम्बिनीलगायत अन्य प्रदेशमा पनि सत्ता समीकरण फेरिने सम्भावना बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending