Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

खबरडबली संवाददाता

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने विषयमा छलफल गरेका छन्।

बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईएका निर्देशक जोन र्याट्क्लिफ तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफलगायत उच्च अधिकारी सहभागी थिए।

बैठकअघि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले अमेरिका आगामी तीन दिनभित्र इरानमाथि अझ शक्तिशाली आक्रमण गर्ने बताएका छन्।

उनले ‘पिकएक्स माउन्टेन’माथि पनि अमेरिकाले निगरानी बढाएको उल्लेख गर्दै त्यहाँको पहाडमुनि इरानले आणविक कार्यक्रमसँग सम्बन्धित गतिविधि गरिरहेको विश्वास रहेको दाबी गरे।

 ट्रम्पको धम्कीबाट नडराउन धर्मगुरुको आग्रह 

इरानका वरिष्ठ धर्मगुरु तथा धार्मिक शिक्षण संस्थाका प्रमुख अलिरेजा अराफीले अमेरिकी दबाबका कारण वासिङ्टनसँग वार्ता अघि नबढाउन सरकारलाई आग्रह गरेका छन्।

बुधबार जारी विज्ञप्तिमा उनले आर्थिक कठिनाइ, युद्धको लागत वा विद्युत् केन्द्र तथा अन्य पूर्वाधारमाथि आक्रमणको जोखिमका कारण पछि हट्नु नहुने बताएका छन्।

उनले इरान सरकारले इस्लामिक राष्ट्रको वैध अधिकारमा सम्झौता गर्न नहुने र अमेरिका जस्ता ‘काफिर’ राष्ट्रसँग वार्ता तथा सम्झौताको बाटोमा अघि नबढ्नुपर्ने धारणा राखेका छन्।

अराफीको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी दिएको केही समयपछि आएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending