न्यूयोर्क । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।
जेलेन्स्कीले एक दिनअघि पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता भएको थियो । नेताद्वयले किएभको युद्धलाई समर्थन गर्ने वचन दिएका थिए । जेलेन्स्कीले द्वन्द्व अन्त्यका लागि ‘सम्झौता गर्न नमानेको’ आरोप लगाएका ट्रम्पले न्युयोर्कस्थित ट्रम्प टावरको गगनचुम्बी भवनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ बजे भेट हुने बताएका छन् ।
जेलेन्स्कीले न्युयोर्कर पत्रिकालाई दिएको टिप्पणीबाट ट्रम्प रुष्ट भएपछि अमेरिकी सञ्चारमाध्यमले यसअघि नै उक्त बैठक अघि नबढ्ने बताएका थिए । जेलेन्स्किीले उक्त पत्रिकासँग युद्ध कसरी रोक्ने भन्नेबारे रिपब्लिकन पार्टीलाई वास्तविक ज्ञान नभएको बताएको थियो । ट्रम्पले बुधबार नर्थ क्यारोलिनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै भनेको थियो, “सम्झौता गर्न इन्कार गर्ने व्यक्ति जेलेन्स्कीलाई हामी अरबौं डलर दिइरहेका छौं ।”
जेलेन्स्की यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा छन् । उनले मस्कोको आक्रमणको तेस्रो वर्षमा युद्धभूमिमा सङ्घर्ष गरिरहेको आफ्नो देशको युद्धको लागि समर्थन सहयोग बढाउने अभियानलाई जारी राखेको छ । युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिससमक्ष उनकै शब्दमा ‘विजय’ योजना प्रस्तुत गरेको थियो भने बाइडेनले किएभका लागि करिब आठ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको थियो ।
सहायता प्याकेजको घोषणाका समय जेलेन्स्कीको छेउमा उभिएकी ह्यारिसले नाम उच्चारण नगरिकन ट्रम्पलाई सङ्केत गर्दै भने, “मेरो देशमा केही यस्ता व्यक्ति छन् जसले युक्रेनलाई आफ्नो सार्वभौम भूमिको ठूलो हिस्सा छोड्न बाध्य पार्नेछन् ।” बाइडेनले जेलेन्स्कीसँगको छुट्टै भेटमा सन् २०२२ को फेब्रुअरीमा रूसले सुरु गरेको युद्धमा ‘रूसको विजय नहुने’ बताएको थियो ।
आफ्नो ट्रेडमार्क सैन्य शैलीको पहिरनमा सजिएका जेलेन्स्कीले भने, “हामी युक्रेनी र अमेरिका सँगसँगै उभिएका छौ र यसका लागि खुशी पनि छौँ ।” यद्यपि, नोभेम्बरमा हुने अमेरिकी चुनावले युक्रेनलाई उसको सबैभन्दा ठूलो समर्थकबाट प्राप्त समर्थनलाई कसरी उकास्न सक्छ भन्ने कुरा ट्रम्पसँगको विवादले उनको भ्रमणलाई धुमिल बनाएको छ ।
ट्रम्पले लामो समयदेखि युक्रेनका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको अर्बौं डलरको सहयोगको आलोचना गर्दै आएका छन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा एक र्यालीमा रूसले हिटलरलाई हराएकाले युक्रेनले जित्न नसक्ने बताएको थियो ।
जेलेन्स्कीले बाइडेनको गृहनगर पेन्सिलभेनियामा रहेको हतियार कारखानाको भ्रमण गरेपछि आक्रोशित रिपब्लिकनहरूले पक्षपातपूर्ण राजनीतिक कार्यक्रम आयोजना गरेको भन्दै युक्रेनी राजदूतलाई बर्खास्त गर्न युक्रेनसँग माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: