काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्नेमा पार्टीको अडान स्पष्ट रहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उक्त घटनाबारे रास्वपाले यसअघि नै विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको र त्यसमा पार्टी अहिले पनि अडिग रहेको बताए।
“पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ। यस घटनाको छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो अडान यथावत् छ,” उनले भने।
उनले ट्राफिक प्रहरीले तत्काल के गर्यो वा गरेन भन्ने विषय छुट्टै भए पनि घटनालाई पार्टीले गम्भीर रूपमा लिएको बताए। उनका अनुसार घटनाको प्रकृति अस्वाभाविक देखिएकाले निष्पक्ष अनुसन्धान आवश्यक छ।
“तत्काल कसलाई छोडियो, समातियो वा मुद्दा लाग्यो–नलाग्यो भन्ने अलग विषय हो। तर समग्रमा देखिएको अवस्था अस्वाभाविक भएकाले पार्टीले जारी गरेको विज्ञप्तिअनुसार नै हामी अडिग छौं,” उनले भने।
रास्वपाकै कार्यकर्ता संलग्न भएको पाइए पनि कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले कानुन सबैका लागि समान हुने बताए।
“किन हुँदैन ?रास्वपा आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गर्ने पार्टी हो। जो भए पनि, संलग्नता पुष्टि भए कानुनी कारबाही हुनुपर्छ,” उनले भने।
लामिछानेले पछिल्लोपटक काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग भएको भेटवार्ताबारे पनि जानकारी दिँदै सुकुम्बासी समस्या समाधानका उपाय तथा समसामयिक राजनीतिक विषयमा परिणाममुखी छलफल भएको बताए।
“विशेषगरी सुकुम्बासी समस्या समाधानलाई प्रभावकारी बनाउने विषयमा र अन्य समसामयिक मुद्दामा गम्भीर छलफल भएको छ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: