Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

खबरडबली संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गणेश ठगुन्नाले पार्टीका तर्फबाट प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन्।

‘म नेकपा (एमाले)को तर्फबाट प्रधानमन्त्रीज्यूको देशहितविपरीतको उक्त अभिव्यक्ति फिर्ता लिँदै संसद्को रेकर्डबाट हटाउन माग गर्दछु। साथै, सो नहुञ्जेलसम्म नेकपा (एमाले)को विरोध कायमै रहने जानकारी पनि गराउँछु,’ उनले भने।

सांसद ठगुन्नाले प्रतिपक्षी दलहरूले लामो समयदेखि प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुका साथै देशवासीसँग माफी माग्नुपर्ने माग राख्दै आए पनि त्यसको सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘यति लामो समयसम्म प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीज्यूले सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिई देशवासीसमक्ष माफी माग्ने र संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउने माग गर्दै विरोध गरिरहँदा पनि त्यसको सम्बोधन नहुनु अत्यन्त दु:खद् हो,’ उनले भने।

ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमा असर पुगेको तथा मिचिएको नेपाली भूमि फिर्ता ल्याउने प्रयासमा गम्भीर धक्का पुगेको दाबी गरे।

‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट “भारतले मात्रै होइन, नेपालले पनि कतिपय ठाउँमा सीमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति, त्यो पनि सार्वभौम संसद्को रोस्ट्रमबाट व्यक्त हुँदा नेपाली राष्ट्रिय स्वाभिमान र मिचिएको भूमि फिर्ता ल्याउने प्रयासमा गम्भीर असर परेको छ,’ उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...

सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने ढंग अपेक्षाअनुसार भएन: मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरे रास्वपाबाट तत्काल निष्कासन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...

मोबाइल सेवामा सुधार गर्न प्राधिकरणको कडाइ, सेवा प्रदायकलाई आठबुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई अन्तिम सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending