कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा भएको हो ।
कार्यक्रममा स्थानीय तहहरूको सहयोगमा जिल्लाका विभिन्न मुख्य चोक तथा संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइएकोे छ । ती क्यामराले शान्ति सुरक्षा व्यवस्थापन, अपराधको निगरानी तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले जिल्लामा सीसीटीभी विस्तारको अभियानले प्रहरी अनुसन्धानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा यसको दायरा अझ विस्तार गरिने र यसबाट जिल्लामा हुने आपराधिक गतिविधि नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने उनले बताए ।
त्यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। जिल्लामा दिगो शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीसँग सबै स्थानीय तहको सहयोग, समन्वय र साझेदारी अपरिहार्य रहेको उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले आधुनिक डिजिटल प्रविधिको प्रयोगले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। खुला सीमाका कारण हुने विभिन्न गतिविधिको सूक्ष्म अध्ययन तथा निगरानी गर्न सीसीटीभी प्रणाली प्रभावकारी हुने उनको भनाइ छ ।
प्रहरी उपरीक्षक मनोहर भट्टले शान्ति सुरक्षा कायम गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सबै स्थानीय तह, जनप्रतिनिधि तथा नागरिकको साझा सहयोग आवश्यक पर्ने बताए। समाजमा हुने विभिन्न किसिमका अपराध रोकथाम, अपराध भए प्रभावकारी अनुसन्धान तथा विकृति–विसङ्गति न्यूनीकरणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँले जोड दिए।
कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव तथा विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: