Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ट्रम्प र स्टार्मरबीच न्युयोर्कमा दुई घन्टाको डिनर भेट

खबरडबली संवाददाता

लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा डोनाल्ड ट्रम्पसँग दुई घन्टाको डिनर भेट गरेको सञ्चारमाध्यमहरूले शुक्रबार बताएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट थियो । 

बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गरेको थियो । “मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो सुरुआत हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ”, भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भने ।

स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जितेको थियो । स्टार्मरले अमेरिकी निर्वाचनका दुवै उम्मेदवारसँग भेट्नु आफ्ना लागि महत्त्वपूर्ण भएको तर ‘अति व्यस्त कार्यतालिका’ का कारण उपराष्ट्रपति एवं डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग भेटघाट तय गर्न सम्भव नभएको बताए । “हामीलाई अहिले ट्रम्पसँग भेट्ने अवसर छ, यो राम्रो कुरा हो”, उनले भने । 

ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गरेका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी थिए । सन् २०१८ मा लामीले ट्रम्पलाई ‘महिलालाई घृणा गर्ने, नव–नाजी समर्थक समाजविरोधी’ भनेको थियो । यद्यपि लामी यस वर्षको प्रारम्भमा बढी कूटनीतिक भएको थियो । उनले एउटा सम्बोधनमा ट्रम्पको ‘युरोपेली सुरक्षाप्रतिको दृष्टिकोणलाई प्राय गलत बुझिएको’ बताएको थियो । 

बेलायती प्रधानमन्त्री स्टार्मरले निर्वाचनमा तटस्थ दृष्टिकोण अपनाएको छ । यद्यपि विश्लेषकहरूले विशेषगरी नाटो र युक्रेनप्रति ट्रम्पको समर्थनमा आशङ्का रहेकाले उनको राष्ट्रपतित्वले कठिनाइ सिर्जना गर्नसक्ने बताएका छन् । स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्कमा थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: