Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

थाइल्यान्ड : फेउ थाई पार्टी प्रधानमन्त्रीको नयाँ उम्मेदवार चयन गर्ने छलफलमा

खबरडबली संवाददाता

बैङ्कक । थाइल्यान्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले बिहीबार प्रधानमन्त्रीका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । थाइल्याण्डको संवेधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि नयाँ उम्मेदवारी चयनको पहल थालिएको हो । 

थाइल्याण्डको संवैधानिक अदालतले ६२ वर्षीया स्रेथाले फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेर पदीय दायित्वको उल्लङ्घन गरेको ठहर बिहीबार गरेको हो । थाक्सिनसँग सम्बन्धित पूर्व वकिल पिचित चुएनबानको नियुक्तिका कारण श्रेतालाई बर्खास्त गरिएको थियो । सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएका पिचितले श्रेतालाई बचाउन मुद्दा दायर भएपछि मन्त्रिपरिषद्बाट राजीनामा दिएको थियो । 

नयाँ प्रधानमन्त्रीको चयनका लागि शुक्रबार बिहान १० : ०० बजे संसदको बैठक बस्नेछ । कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका थाक्सिनको चुनावी बाहन स्रेथाको फेउ थाई पार्टी थाइल्यान्डमा हाल सत्तामा रहेको ११ पार्टीहरूको शासकीय गठबन्धनको सबैभन्दा ठूलो सदस्य हो । गठबन्धनमा कुनै समय सिनावात्राको कटु प्रतिद्वन्द्वी रहेका राजावादी र सेना समर्थक सङ्गठन पनि समावेश छन् । 

पार्टीले बिहीबार आफ्ना दुई योग्य उम्मेदवारमध्ये पूर्व न्यायमन्त्री चाइकासेम नितिसिरी वा थाक्सिनकी छोरी पेतोङ्टार्न सिनावात्रालाई स्रेथाको विकल्पका रूपमा चयन गर्नेछ । फेउ थाईका महासचिव सोरावोङ थिएन्थोङले गठबन्धनका साझेदारहरूसँग आफ्नो छनौटबारे छलफल गर्ने पत्रकारहरूलाई बताए । संवैधानिक अदालतबाट पदमुक्त हुने श्रेता पार्टीको तेस्रो प्रधानमन्त्री हुन् र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त भएको छ । 

थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय सेना र राजावादी समर्थक संस्थापनद्वारा उनीहरूको बेटे नोयर थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीविरुद्ध लामो समयसम्म चलेको युद्धले बढावा पाएको छ । 

१५ वर्ष स्वनिर्वासनमा बिताएर गत अगस्टमा थाइल्यान्ड फर्केका पूर्वप्रधानमन्त्री स्रेथाले थाक्सिन र उनका अनुयायीहरूको कडा विरोध गर्ने सेनासमर्थक पार्टीहरूसँग गठबन्धन गरेर सत्ता सम्हालेको थियो । यो समयले लामो समयदेखिको कलहमा युद्धविरामको सङ्केत गरेको फेउ थाइ पार्टी तथा यसका सेनाप्रति बफादार समूहको गठबन्धन नेताहरूको बुझाई छ । दुबै पक्षले गत वर्षको चुनावमा लोकप्रिय मत प्राप्त गरेको नयाँ मुभ फरवार्ड पार्टी (एमएफपी) लाई सरकार गठन गर्नबाट रोकेको थियो । उनीहरूको बुझाइमा एमएफपी थाइ संस्थापन पक्षको लागि उत्पन्न नयाँ खतरा थियो । 

सन् २०१४ मा भएको ‘कू’ मा निर्वाचित फु थाई सरकारलाई अपदस्थ गर्ने सैन्य जुन्टाले नियुक्त गरेका ४० जना पूर्व सिनेटरले श्रेथाविरुद्ध मुद्दा दायर गरेका थिए । सिनेटले गत वर्षको चुनावपछि एमएफपीलाई अवरुद्ध गर्न पनि महत्वपूर्ण भूमिका खेलेको थियो । एमएफपीले कानुनमा सुधार गर्ने र शक्तिशाली व्यापारिक एकाधिकार तोड्ने प्रतिबद्धताबाट आत्तिएका सिनेटरहरूले नेता पिता लिम्जारोनेरातलाई प्रधानमन्त्रीमा अनुमोदन गर्न अस्वीकार गरे र पार्टी विपक्षमा जान बाध्य भयो । अदालतले गत हप्ता एमएफपीलाई विघटन गर्दै पिता र यसका मुख्य अधिकारीहरूलाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE