Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

थाइल्यान्ड : फेउ थाई पार्टी प्रधानमन्त्रीको नयाँ उम्मेदवार चयन गर्ने छलफलमा

खबरडबली संवाददाता

बैङ्कक । थाइल्यान्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले बिहीबार प्रधानमन्त्रीका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । थाइल्याण्डको संवेधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि नयाँ उम्मेदवारी चयनको पहल थालिएको हो । 

थाइल्याण्डको संवैधानिक अदालतले ६२ वर्षीया स्रेथाले फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेर पदीय दायित्वको उल्लङ्घन गरेको ठहर बिहीबार गरेको हो । थाक्सिनसँग सम्बन्धित पूर्व वकिल पिचित चुएनबानको नियुक्तिका कारण श्रेतालाई बर्खास्त गरिएको थियो । सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएका पिचितले श्रेतालाई बचाउन मुद्दा दायर भएपछि मन्त्रिपरिषद्बाट राजीनामा दिएको थियो । 

नयाँ प्रधानमन्त्रीको चयनका लागि शुक्रबार बिहान १० : ०० बजे संसदको बैठक बस्नेछ । कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका थाक्सिनको चुनावी बाहन स्रेथाको फेउ थाई पार्टी थाइल्यान्डमा हाल सत्तामा रहेको ११ पार्टीहरूको शासकीय गठबन्धनको सबैभन्दा ठूलो सदस्य हो । गठबन्धनमा कुनै समय सिनावात्राको कटु प्रतिद्वन्द्वी रहेका राजावादी र सेना समर्थक सङ्गठन पनि समावेश छन् । 

पार्टीले बिहीबार आफ्ना दुई योग्य उम्मेदवारमध्ये पूर्व न्यायमन्त्री चाइकासेम नितिसिरी वा थाक्सिनकी छोरी पेतोङ्टार्न सिनावात्रालाई स्रेथाको विकल्पका रूपमा चयन गर्नेछ । फेउ थाईका महासचिव सोरावोङ थिएन्थोङले गठबन्धनका साझेदारहरूसँग आफ्नो छनौटबारे छलफल गर्ने पत्रकारहरूलाई बताए । संवैधानिक अदालतबाट पदमुक्त हुने श्रेता पार्टीको तेस्रो प्रधानमन्त्री हुन् र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त भएको छ । 

थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय सेना र राजावादी समर्थक संस्थापनद्वारा उनीहरूको बेटे नोयर थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीविरुद्ध लामो समयसम्म चलेको युद्धले बढावा पाएको छ । 

१५ वर्ष स्वनिर्वासनमा बिताएर गत अगस्टमा थाइल्यान्ड फर्केका पूर्वप्रधानमन्त्री स्रेथाले थाक्सिन र उनका अनुयायीहरूको कडा विरोध गर्ने सेनासमर्थक पार्टीहरूसँग गठबन्धन गरेर सत्ता सम्हालेको थियो । यो समयले लामो समयदेखिको कलहमा युद्धविरामको सङ्केत गरेको फेउ थाइ पार्टी तथा यसका सेनाप्रति बफादार समूहको गठबन्धन नेताहरूको बुझाई छ । दुबै पक्षले गत वर्षको चुनावमा लोकप्रिय मत प्राप्त गरेको नयाँ मुभ फरवार्ड पार्टी (एमएफपी) लाई सरकार गठन गर्नबाट रोकेको थियो । उनीहरूको बुझाइमा एमएफपी थाइ संस्थापन पक्षको लागि उत्पन्न नयाँ खतरा थियो । 

सन् २०१४ मा भएको ‘कू’ मा निर्वाचित फु थाई सरकारलाई अपदस्थ गर्ने सैन्य जुन्टाले नियुक्त गरेका ४० जना पूर्व सिनेटरले श्रेथाविरुद्ध मुद्दा दायर गरेका थिए । सिनेटले गत वर्षको चुनावपछि एमएफपीलाई अवरुद्ध गर्न पनि महत्वपूर्ण भूमिका खेलेको थियो । एमएफपीले कानुनमा सुधार गर्ने र शक्तिशाली व्यापारिक एकाधिकार तोड्ने प्रतिबद्धताबाट आत्तिएका सिनेटरहरूले नेता पिता लिम्जारोनेरातलाई प्रधानमन्त्रीमा अनुमोदन गर्न अस्वीकार गरे र पार्टी विपक्षमा जान बाध्य भयो । अदालतले गत हप्ता एमएफपीलाई विघटन गर्दै पिता र यसका मुख्य अधिकारीहरूलाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending