कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने निर्वाचन आयोगले बिहीबार जनाएको छ ।
दुई वर्षअघि विक्रमासिङ्घेले सत्ता सम्हालेयताको यो पहिलो मतदान हो । श्रीलङ्कामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उनले सत्ताको बागडोर सम्हालेका थिए भने अहिलेसम्ममा श्रीलङ्काले आफ्नो आर्थिक सङ्कटलाई थप विग्रिन नदिई सम्हाल्न सफल भएको छ ।
उमेरले ७५ वर्षमा हिँडिरहेका विक्रमासिङ्घेलाई विपक्षी दलका संसदीय नेता ५७ वर्षीय राजनीतिज्ञ प्रेमदासा र ५५ वर्षीय वामपन्थी नेता अनुरा कुमारा दिसानायकाले चुनौती दिएका छन् । तर त्रिपक्षीय लडाइँका रूपमा सुरु भएको यो प्रतिस्पर्धा प्रभावशाली राजापाक्षे परिवारले विक्रमासिङ्घेलाई दिएको महत्वपूर्ण समर्थन फिर्ता लिएपछि र आफ्नै उम्मेदवार निर्मल राजापाक्षलाई उठाएपछि गत सातादेखि चुनौति झनै पेचिलो बनेको छ ।
पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा तथा गोटबायाका भाइसमेत रहेका ३८ वर्षीय राजापाक्षे राजापाक्षे संसद सदस्य हुन् । करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध बहुल श्रीलङ्कामा सेप्टेम्बर २१ मा मतदान हुँदैछ । निर्वाचन आयोगका अध्यक्ष आर.एम.ए.एल. रथनायकेका अनुसार ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् र जसमध्ये कोही पनि महिला छैनन् ।
“कृपया निर्वाचनमा तपाईं कानूनको दायरामा रहेको सुनिश्चित गर्नुहोस्,” उम्मेदवारहरूलाई निर्वाचन नियमहरू पालना गर्न चेतावनी दिँदै रत्ननायकेले एक टेलिभिजन सम्बोधनमा भने । उनले भने, “तपाईंको अभियानलाई मद्दत गर्न कुनै पनि अवैध गतिविधिमा सार्वजनिक अधिकारीहरूलाई प्रभावित नगर्नुहोस् ।”
श्रीलङ्कामा निर्वाचनसम्बन्धी कानुन उल्लङ्घन हुनु सामान्य कुरा हो, तर अभियोजन भने विरलै हुने गरेको छ । विक्रमासिङ्घेले आफ्नो दक्षिणपन्थी युनाइटेड नेसनल पार्टी (युएनपी) लाई त्यागेको छ भने व्यापक समर्थनको आशामा आफूलाई स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन् ।
सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा गोटबाया राजापाक्षेले ३५ जना उम्मेदवारलाई पराजित गरेको थियो तर उनलाई सन् २०२२ मा अर्थव्यवस्थाको गलत व्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोध प्रदर्शनपछि राजिनामा दिन बाध्य पारिएको थियो ।
विक्रमासिङ्घे सन् २०२२ को जुलाईमा राजापाक्षेको बाँकी कार्यकालका लागि संसदबाट राष्ट्रपति निर्वाचित भएको थियो । श्रीलङ्कामा एक करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउँछन् भने आधुनिक मतदान अभ्यास (विद्युतीय मतदान) का कारण मतदान भएको एक दिनभित्र परिणाम आउने अपेक्षा गरिएको छ र निर्वाचन परिणाम घोषणा भएको दुई हप्ताभित्र नयाँ राष्ट्रपतिले शपथ लिनुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: