एजेन्सी । पछिल्लो समय युक्रेनले रुसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठुलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रुसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार रुसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्डयन हतियार नष्ट गर्नु रहेको उल्लेख छ । कुस्र्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराए ।
सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रुसको कुस्र्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेको क्षेत्रमा आवश्यक परेमा सैन्य कमाण्डको कार्यालय स्थापना गरिने बताए ।
यसैबिच, मस्कोबाट प्राप्त समाचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुस्र्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रूपमा वर्णन गर्दै युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाए । रुसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुस्र्क क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रुसले कुस्र्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका ११७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ ।
साथै मन्त्रालयले युक्रेनले कुस्र्कमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्याङ्कहरू गुमाएको जनाएको छ । युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रुसको नेसनल गार्डले कुस्र्कको आणविक ऊर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: