मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ कालीखोलास्थित काफलडाँडाका मङ्गलबहादुर पाख्रिनलाई प्रहरीले श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको छ । २६ वर्षीय पाख्रिनले श्रीमती लक्ष्मी पाख्रिनलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मङ्गलबहादुरले करिब २० वर्षीया लक्ष्मीलाई हत्या गरेर कालिखोलास्थित सामुदायिक वनमा गाडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले मङ्गलबार बिहान ४ बजेको समयमा उक्त घटनास्थलको प्रारम्भिक अनुसन्धानसँगै स्थानीय र मृतकका श्रीमानलाई सोधपुछ गर्ने क्रममा मङ्गलबहादुरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मङ्गलबहादुरले आइतबार दिउँसो २ः३० बजेको समयमा श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र धारिलो हतियार बन्चरो प्रहार गरी विभत्स रुपमा हत्या गरी शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनेर गाडेको पाइएको छ ।
प्रहरीका अनुसार मृतकका कपडा शव गाडेको स्थानभन्दा केही अगाडि बोरामा हाली खाल्डो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाटा खुल्न आएको छ ।
साथै मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा समेत खाल्डोबाट निकाली मङ्गलबहादुरलाई पक्राउ गरी बुधबार मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: