Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका होल्डिङ सेन्टरका सुकुम्वासीको जीवन सहज बन्दै

खबरडबली संवाददाता

भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा आएको एक साता पूरा हुन लागेको छ। अहिले यहाँ ८९ परिवारका १९२ जना बसोबास गरिरहेका छन्।

अस्थायी व्यवस्थापनका रूपमा सरकारले उपलब्ध गराएको सुविधा बीच उनीहरूको दैनिक जीवन क्रमशः सामान्य बन्दै गएको छ। बिहानको चिया नास्तादेखि साँझको बसाइसम्म सेन्टरको वातावरण क्रमशः लयमा फर्किँदै गएको बसोबासीहरूको भनाइ छ।

विसं २०४४ देखि बल्खुमा बस्दै आएका ८४ वर्षीय मानबहादुर राईका अनुसार अहिलेको व्यवस्था अस्थायी भए पनि राहतदायी छ। “बिहान उठेर हिँडडुल गर्छौँ, चिया खान्छौँ, सरकारलाई धन्यवाद छ,” उनले भने, “तर स्थायी पुनर्बासको व्यवस्था छिटो हुनुपर्छ।”

सोही सेन्टरमा बस्दै आएका ७२ वर्षीय गोपाल तामाङ पनि सुरक्षित बसोबासको आशामा छन्। “खाना र बसोबासको व्यवस्था ठिक छ, अब स्थायी बासस्थानको पर्खाइमा छौँ,” उनले भने।

सेन्टरभित्र बालबालिका र परिवारबीचको सामूहिक बसाइले वातावरणलाई केही सहज बनाएको देखिन्छ। २८ वर्षीया खुस्बु खातुनका अनुसार सामूहिक बसाइले एकअर्काबीच आत्मीयता बढाएको छ। “बच्चाहरूसँग खेल्दै दिन बित्छ,” उनले भनिन्, “तर उनीहरूको पढाइ र भविष्यको चिन्ता छ।”

सवारी चालक पेसाबाट प्रभावित ५६ वर्षीय प्रेमबहादुर हुमागाईंले वास्तविक सुकुम्वासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने बताए। उनका अनुसार अस्थायी व्यवस्थाले तत्काल राहत दिए पनि स्थायी समाधान आवश्यक छ।

सेन्टरमा सांसदहरूले समेत स्थलगत अवलोकन गर्दै व्यवस्थापनको प्रशंसा गरेका छन्। कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले सरसफाइ, स्वास्थ्य सेवा र आधारभूत सुविधा व्यवस्थित देखिएको बताइन्। तर बालबालिकाको शिक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

सांसद यज्ञमणि न्यौपानेले पुनर्बास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताए भने सांसद मनमाया विश्वकर्माले गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह आवश्यक रहेको उल्लेख गरिन्।

होल्डिङ सेन्टरको व्यवस्थापन सहरी विकास मन्त्रालयको समन्वयमा भइरहेको छ भने अन्य सम्बन्धित निकायहरूले खाद्यान्न, स्वास्थ्य सेवा र आवश्यक सामग्री उपलब्ध गराइरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समन्वयको भूमिका निभाइरहेको छ।

सेन्टरमा हाल ३० जना बालबालिकाका लागि अस्थायी कक्षासमेत सञ्चालन गरिएको छ। प्रशासन प्रमुख भरत केसीका अनुसार नजिकैका विद्यालयमा भर्ना गराउने तयारी भइरहेको छ।

अस्थायी व्यवस्थापन सहज देखिए पनि यहाँ बसोबास गरिरहेका परिवारहरूको मुख्य अपेक्षा भने स्थायी पुनर्बास र सुरक्षित भविष्य नै रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...

‘राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री गायब’ राष्ट्रिय सभामा सरकारमाथि कडा प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन  साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...

संसद् रोकियो, प्रधानमन्त्री ‘मन्त्रालय कटौती’को बैठकमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...

अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति

जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending