Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

हलो जोतेरै बित्यो जिन्दगी, बुढेसकालमा पनि छैन टेक्ने जमिन

खबरडबली संवाददाता

कञ्चनपुर । जीवनभर अरूकै खेतमा हलो जोते, पसिना बगाए, भोक टारे । तर सत्तरी वर्ष पुग्दा पनि मथुरादेवी सार्कीको आफ्नै भन्नु केही छैन—न लालपुर्जा, न सुरक्षित घर, न बुढेसकाल टेकेर बस्ने जमिन ।

दुई दशकअघि बैतडीबाट “सस्तो बेसा” खोज्दै तराई झरेको सार्की परिवार आज कञ्चनपुरको शुक्लाफाँटा–११ स्थित वनहरा नदी किनारको भूमिहीन शिविरमा त्रिपालमुनि जीवन बिताइरहेको छ ।

“हलो जोतेर उमेर सकियो, तर आफ्नो नामको एक चिम्टी जमिन भएन,” मथुरादेवी भक्कानिँदै भन्छिन्, “अरूको घरमा काम गरियो, अरूकै दालभात खाइयो, अहिले बुढेसकालमा ओत लाग्ने ठाउँ पनि छैन ।”

यो कथा मथुरादेवीको मात्रै होइन । वनहरा शिविरका दर्जनौँ परिवारको साझा नियति यही हो । पुस्तौँदेखि श्रम बेचेर बाँचिरहेका उनीहरूका लागि ‘घर’ अझै सपना नै बनेको छ ।

डडेलधुराबाट विस्थापित भएका दलबहादुर बोहराको पीडा झन् दर्दनाक छ । पहिरोले घर र थोरै भएको जमिन नै बगाइदिएपछि उनी परिवारसहित शिविरमा शरण लिन आइपुगे ।

“पहिरोले सबै लग्यो, अब ज्यान मात्रै बाँकी छ,” उनी भन्छन्, “सरकारले सुरक्षित ठाउँमा बस्न दिइदिए पुग्थ्यो, तर हाम्रो आवाज कसैले सुनेन ।”

वनहरा किनारको यो शिविरमा बस्नेहरूका लागि वर्षा ऋतु त्रासको मौसम हो । राति पानी पर्‍यो भने उनीहरूलाई निद्रा पर्दैन । नदीमा बाढी आउला र झुपडी बगाउला भन्ने डरले बालबालिकासमेत आतंकित हुन्छन् ।

“बाढी आउँदा ज्यान जोगाउन जङ्गल भाग्नुपर्छ,” शिविरकी अमृता साउद भन्छिन्, “हरेक वर्ष हामी बाँच्ने कि बग्ने भन्ने डरमै हुन्छौँ ।”

शिविरका अधिकांश युवा भारतमा मजदुरी गर्न गएका छन् । गाउँमा बुढापाका, महिला र बालबालिका मात्रै बाँकी छन् । उनीहरूको दैनिकी त्रिपालमुनिको उकुसमुकुस, गर्मी, लामखुट्टे, सर्प र भोकसँग संघर्ष गर्दै बितिरहेको छ ।

“झुपडीभित्र बस्न सकिँदैन, बाहिर निस्कियो भने किरा र लामखुट्टेले सताउँछन्,” बहादुर कामी भन्छन्, “मान्छे भएर पनि जनावरजस्तो जीवन बिताइरहेका छौँ ।”

भूमिहीनहरू भन्छन्—उनीहरूलाई महल चाहिएको होइन, सुरक्षित जमिनको एउटा सानो टुक्रा मात्रै चाहिएको हो ।

“जमिनदार बन्ने सपना छैन,” तुलाराम बोहरा भन्छन्, “बस्, मर्नुअघि आफ्नै छानोमुनि ढुक्कसँग सुत्न पाए पुग्थ्यो ।”

संविधानले भूमिहीनलाई जमिन र आवासको हक दिने वाचा गरेको वर्षौँ बितिसक्दा पनि वनहरा शिविरका परिवारका लागि त्यो अधिकार अझै कागजमै सीमित छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending