Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

देउवाको गृहप्रदेशबाट गगनको शक्ति प्रदर्शन, कांग्रेसको सुदूरपश्चिम भेला आज

खबरडबली संवाददाता

कैलाली । विशेष महाधिवेशनपछि गगन कुमार थापा नेतृत्वको नेपापालि कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा पहिलो ठूलो राजनीतिक शक्ति प्रदर्शन गर्दैछ ।

धनगढीमा हुने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ । भेला निवर्तमान सभापति शेरबहाददुर देउवाको गृहप्रदेशमै आयोजना गरिएकाले यसको राजनीतिक अर्थ अझ चासोका साथ हेरिएको छ ।

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमीरे धनगढी पुगिसकेका छन् । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलामा प्रतिनिधि सभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने बताइएको छ ।

कांग्रेस स्रोतका अनुसार भेलामा सुदूरपश्चिमका प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ, प्रदेश सरकारको समीक्षा र संगठन पुनर्संरचनाको विषय पनि उठ्नेछ । कार्यक्रममा प्रदेश समिति, जिल्ला सभापति, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश सांसद, मन्त्री तथा विभिन्न तहका पार्टी पदाधिकारीलाई सहभागी गराइएको छ । प्रत्येक सहभागीबाट २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

२७ गते हुने दोस्रो चरणको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यसूची छ । उक्त प्रशिक्षण विश्वप्रकाश शर्माले दिने बताइएको छ ।

भेलाको समन्वयको जिम्मा प्रकााशश रसाइली स्नेहिलाई दिइएको छ भने सहजीकरणमा उदय शमसेर खटिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...

‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्ट, दुई मन्त्रीसँग तस्वीर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...

टेम्पो भीरमा खसालिएको घटनाले तरंग : १२ वन कर्मचारी नियन्त्रणमा

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending