सुनसरी । देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीको कोशी व्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरुको आगवनलाई ध्यानमा राखेर पुलमा पैदल हिड्न र चढ्न निषेध गरिएको छ ।
वार्षिक रुपमा कोशी व्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयास समेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी व्यारेज प्रहरीले प्रवेश निषेध लेखिएको पेपर टाँसेर निषेध गरिएको हो ।कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलमा चड्न तथा ढोका नजिक भएर हिड्न प्रवेश निषेध गरेको सूचना सहित प्रवेश निषेध लेखिएको पेपर टाँसिएको छ ।
भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्दार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएको मानिसहरूले समेत कोशी ब्यारेजको पुलबाट हाम फालेको विगतको घटनालाई ध्यानमा राखेर कोशी पुलमा प्रहरीले निषेध गरिएको पेपर टासिएको हो ।
प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारले दिएकाे जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७५ जनाको उद्धार गरिएको छ । कोशी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खित्ने बाहानामा आउने र अचानक हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने गरेकोले त्यसमा ध्यानमा राखेर निषेध क्षेत्र घोषणा गरेको सुनुवारले बताए ।
सुनु्वारका अनुसार एक वर्षमा प्रहरीले ७५जनालाई विजितै उद्धार गरिएको छ । केहीको ज्यान समेत गएको विगतको अनुभवलाई ध्यानमा राखेर निषेध क्षेत्र सहित प्रहरी निगरानी बढाएको बताए । त्यसैगरी साउनमा कोशी पुलमा भव्य साउने मेला समेत लागेकाले आम नागरिकलाई सुरक्षा दिनु प्रहरीको जिम्मेवारी भएको भन्दै कोशी पुलमा चढ्नको लागि निषेध पेपर टासिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: