Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

पर्यटन मन्त्रालय मातहतका निकायमा रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत

खबरडबली संवाददाता

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गराएका छन् । मन्त्रालयका सूूचना अघिकारी गोकर्णप्रसाद उपाध्यायका अनुुसार सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा आएपछि मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत १४० जना स्वत: पदमुक्त भएका छन् । मन्त्रालयले रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढाएपछि शुक्रबार साँझसम्म छ सयभन्दा बढीले आवेदन दिएका हुन् ।

सूचना अधिकारी उपाध्यायले भने, “सरकारी योजना अनुसार नियुक्तिलाई खुला र पारदर्शी बनाउन मन्त्रालयले सुरुवात गरेको नयाँ अभ्यास अनुसार पदपूर्ति, नियुक्ति र मनोनयन हुन उत्साहजनक रूपमा आवेदन परेको छ । नाम सूचीकृत गर्न यही जेठ ६ सम्मका लागि समय तोकिएकोमा आगामी बुधबारसम्म थप आवेदन आउने अपेक्षा गरिएको छ ।” मन्त्रालयसम्बद्ध निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा नाम सूचीकृत गर्न मन्त्रालयले क्युआर कोडको व्यवस्था गरेको छ । उक्त व्यवस्थामार्फत योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचीकृत हुन सक्ने र सबै क्षेत्रका दरखास्तको आकार, योग्यता र अनुभवका आधार हेरी मनोनयन तथा नियुक्ति कसरी गर्ने भन्ने निर्णय गरिने उनले जानकारी दिए ।

मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल होटेल, पर्यटन तथा पर्वतीय प्रतिष्ठानमा आवश्यक पदपूर्तिका लागि नाम दर्ता गराउन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ ।

यसै गरी सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक समिति, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन सङ्ग्रहालय विकास समिति र हनुमानढोका दरबार सङ्ग्रहालय, भाषा आयोगलगायतका प्रतिष्ठानका लागि पनि नाम दर्ताका लागि आह्वान गरिएको छ । 

निगममा पाँच जना छनोट

मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा पाँच जनाको नाम छनोट गरेको छ । निगमको सञ्चालक समितिमा खुला प्रतिस्पर्धाबाट छनोट भएका सञ्चालकमा डा। दीपकप्रसाद बाँस्तोला, प्रवीण भट्टराई, महेन्द्रभक्त श्रेष्ठ, रूप लामिछाने र लीलाराज ढकाल रहेको छन् ।

यसै गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक छनोटका लागि गरिएको खुला प्रतिस्पर्धामा २१ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण पूरा भएको छ । चारबर्से कार्यकालका लागि महानिर्देशक बन्न मन्त्रालयदेखि प्राधिकरणका कर्मचारीले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्तिका लागि र मनोनयनका लागि रोस्टर सूचीमा नाम सूचीकृत गर्न मन्त्रालयले क्युआर कोडको व्यवस्था गरेको छ ।         

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुगुका प्रहरीको रासन भत्ता नबढेको गुनासो

मुगु। नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भ...

कामिरिता शेर्पाद्वारा सगरमाथा ३२ औं पटक सफल आरोहण

काठमाडौं । कीर्तिमानी नेपाली आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा को ३२ औं पटक सफल आरोहण गरेका छन्। सेवन समिट ट्रेक्स का अनुसार ५६...

अध्यादेशको बाटो रोज्नु लाजमर्दो कुरा, सरकार सही ट्र्याकमा छैन - प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अगाडि नबढेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मे...

पर्यटन मन्त्रालय मातहतका निकायमा रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गर...

सर्लाहीमा इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु

सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई ने...

मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला

लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...

बागमती प्रदेशको बेरुजु रकम पाँच अर्बभन्दा बढी

मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको  छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...

एमाले सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बै...

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्...

सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई नि:शुल्क खाना खुवाउन सुरु

काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending