मुगु। नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भत्ता नबढेको महशुस भएको पाइएको छ।
सुकाढिक प्रहरीचौकीमा कार्यरत एक कर्मचारीका अनुसार नजिकै ५ किलोमिटर दुरीको छिमेकी जिल्ला हुम्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारी साथीहरूले रासन भत्ता बापत मासिक २३ हजार हुन्छ तर त्यही नजिकैका हामीले मासिक ९ हजार रुपियाँ रासन भत्ता पाएर चित्त बुझाउनु परेको छ। नेपाल सरकारले हामी दुर्गमको हिमाली जिल्लामा कार्यरत प्रहरीलाई विभेद गरेको महसुस भएको उनले बताए।
जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँ पालिका वडा-२ मुगुको तिब्बत सिमा नाका प्रहरी चौकीमा कार्यरत एक कर्मचारीका अनुसार अनुसार नेपाल सरकारले रासन भत्ता पढाएपनि यहाँको महँगीअनुसार रासन भत्ता समायोजन हुन नसकेको गुनासो उनले गरे।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसन्धान अधिकृत नवीन शाहीका अनुसार सुगुमको कालिकोट जिल्लामा पाउने रासन भत्ता र यहाँ दुर्गमको हिमाली जिल्ला मुगुमा पाउने रासन रकम लगभग उस्तै रहेको छ। हाल पाइरहेको दैनिक रासन भत्ताले यहाँ छाक टार्न गाह्रो हुँदै आएको तल्लो दर्जाका प्रहरी कर्मचारीले गुनासो सुनाउदै आएका छन्।
यहाँका सुरक्षाकर्मीहरुको मनवल बढाउनका लगि सरकारले रासन समायोजनमा विशेष ध्यान दिनुपर्ने अनुसन्धान अधिकृत शाहीको सुझाव रहेको छ।
हिमाली जिल्ला मुगुमा नेपाल प्रहरीका कर्मचारीलाई रासन भत्ता कम भएको हुनाले भत्ता पुनरावलोकन सम्बन्धी सिफारिस छ महिना पहिलेनै सम्बन्धित निकायलाई सिफारिस गरि पठाएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडान्नद खत्रीले जानकारी दिए । उनले भने, 'हुम्ला र मुगुको तुलनामा गर्ने हो भने भौगलिक विकटता उस्ता उस्तै छ।'यहाँ कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई मनबल बढाउन रासन भत्तामा समायोजन गर्न आवश्कता देखिएको उनले बताए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख राम प्रकाश शाहका अनुसार प्रहरीको हिमाली जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारीको मनोबल बढाउनका लागि रासन भत्तामा सामायोजनका लागि प्रहरी केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...
जेष्ठ ३ गते, २०८३ - ११:३२
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...
जेष्ठ ३ गते, २०८३ - ११:१५
मुगु। नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भ...
जेष्ठ ३ गते, २०८३ - ११:०३
काठमाडौं । कीर्तिमानी नेपाली आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा को ३२ औं पटक सफल आरोहण गरेका छन्। सेवन समिट ट्रेक्स का अनुसार ५६...
जेष्ठ ३ गते, २०८३ - १०:३७
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अगाडि नबढेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मे...
जेष्ठ ३ गते, २०८३ - १०:२१
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गर...
जेष्ठ ३ गते, २०८३ - १०:०७
सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई ने...
जेष्ठ २ गते, २०८३ - १८:४१
लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...
जेष्ठ २ गते, २०८३ - १८:२५
मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...



प्रतिकृया लेख्नुहोस्: