सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अगाडि नबढेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिमाथि विभिन्न प्रश्न र संशय उठेकाले समर्थन गर्न नसकिने बताएका हुन् ।
उनले सुकुमबासी, ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित समस्या अझै समाधान नभएको उल्लेख गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्रसमेत पारदर्शी ढंगले अघि नआएको बताए । उनका अनुसार यी विषय अहिले गम्भीर बहसका विषय बनेका छन् ।
प्रचण्डले सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए । “आफैंले सदन बोलाउने, दुई तिहाइ नजिकको समर्थन हुने, नियमित प्रक्रियाबाट विधेयक ल्याउन सकिने अवस्था हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु लाजमर्दो कुरा हो,” उनले भने । यस विषयमा आफ्नो पार्टीले निरन्तर प्रतिवाद गरिरहेको पनि उनले बताए ।
उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक परिमार्जनका लागि सरकारले राम्रो काम गरे रचनात्मक सहयोग गर्ने स्पष्ट पारे । सुरुमा सरकारका केही काम सकारात्मक देखिए पनि पछिल्ला गतिविधि समर्थन गर्न नसकिने खालका रहेको उनको भनाइ थियो ।
“बरु विरोध र प्रतिवाद गर्नुपर्ने धेरै विषय देखिन थालेका छन्,” उनले भने, “मैले सदनमै सरकारलाई सतर्क हुन सुझाव दिएको छु ।”
सरकारले जनचासोका विषयलाई गम्भीरतापूर्वक नलिए देशभरबाट प्रतिवाद चर्किन सक्ने चेतावनी पनि उनले दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १८:३३
काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि आफूहरूले अघि सारेका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरे...
श्रावण ३ गते, २०८३ - १८:३१
सप्तरी । लगातारको वर्षापछि कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ। पानीको सतह बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ व...
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...



प्रतिकृया लेख्नुहोस्: