वासिङ्टन । रूससँगको कैदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उहाँहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पत्रकार इभान गेर्शकोभिचलाई अँगालो हालेर स्वागत गरेका थिए । वाल स्ट्रिट जर्नलका रिपोर्टर गेर्शकोविच, पूर्व अमेरिकी नैसैनिक ह्वेलन र पत्रकार कुर्माशेभा विमानबाट ओर्लेपछि परिवार र साथीभाइले खुसीयाली मनाएका थिए ।
खोज पत्रकारका रूपमा वाल स्ट्रिट जर्नलमा काम गर्ने सिलसिलामा गेर्शकोभिचलाई रूसमा पक्राउ गरिएको थियो । रूससँगको कैँदी आदानप्रदान सम्झौतामा उनिहरूसहित ठूलो सङ्ख्यामा कैदी आदानप्रदान भएपछि उनिहरू बिहीबार अमेरिका फिर्ता भएका हुन् ।
वासिङ्टन नजिकैको ज्वाइन्ट बेस एन्ड्रुजमा रूससँगको कैदी आदानप्रदानमा स्वदेश फिर्ता भएका नागरिकसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने, “उहाँहरू आउन निकै लामो समय लागेको छ । यो महसुस भएको छ ।”
शीतयुद्धपछिको सबैभन्दा ठूलो पूर्व–पश्चिम कैदी अदलाबदलीका क्रममा रूसले बिहीबार दुई दर्जन बन्दीलाई रिहा गरेको थियो । अमेरिकी रेजिडेन्सीमा कार्यरत क्रेमलिनका प्रखर आलोचक चौथो कैदी भ्लादिमिर कारामुर्जा पनि अलग्गै संयुक्त राज्य अमेरिका फर्किएका छन् । टर्कीको राजधानी अङ्कारास्थित विमानस्थलको टाक्र्याकमा भएको नाटकीय आदानप्रदानमा रूसमा कैद गरिएका अमेरिकी र अन्य सहयोगी मुलुकका गरी कुल १६ जना र दुई नाबालकसहित कुल १० जना रूसी नागरिक रिहा भएका हुन् ।
“गठबन्धनले फरक पार्छ । उनीहरूले कदम चाले र हाम्रा लागि यो मौका दिए,” बाइडेनले जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र बेलारुसलाई पनि सामेल गर्ने सम्झौताबारे भने । बाइडेनले सन् २०२४ को राष्ट्रपतीय चुनावबाट नाम फिर्ता लिएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका सम्भावित उम्मेदवार ह्यारिसले ‘असाधारण दिन’ को घोषणा गरेका थिए ।
रिहा गरिएका कैदी र उनीहरूका आफन्तहरू अब ब्रुक आर्मी मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण र आवश्यक पर्ने कुनै पनि हेरचाहका लागि टेक्सासको सान एन्टोनियो जाने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: