काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा यातायात सेवा प्रभावित बनेको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीपछि सडक एकतर्फी सञ्चालनमा आएको छ भने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ। यता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यहाँ सवारीसाधन वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै चल्ने बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ। त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ असार २७ गतेदेखि पहिरोका कारण बन्द छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि असार २९ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
गण्डकी प्रदेशमा कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।
लुम्बिनी प्रदेशमा पनि पहिरोले चार जिल्लाका सडकमा असर पुर्याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझण्डी–ढोरपाटन सडक तथा गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।
यस्तै, पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा पहिरो गए पनि सडक हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
प्रहरीले वर्षा अझै जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...
आषाढ़ २९ गते, २०८३ - ०७:५४
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्य...
आषाढ़ २९ गते, २०८३ - ०७:४८
विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक...



प्रतिकृया लेख्नुहोस्: