इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। इलामको चुलाचुली गाउँपालिका–३ का प्रविण इङनाम अहिले जिल्लाकै सफल ड्रागन किसानका रूपमा परिचित छन्।
सात वर्षअघि स्थापना गरेको ‘भिलेज एग्रो फार्म’ मार्फत उनले व्यावसायिक रूपमा ड्रागन फलखेती गर्दै आएका छन्। सुरुमा परीक्षणका रूपमा तीन कट्ठा जमिनमा खेती थालेका इङनामले उत्पादन र आम्दानी बढ्दै गएपछि विस्तार गर्दै अहिले दुई बिघा क्षेत्रफलमा दुई हजार ८०० वटा मलेसियन जातका रातो ड्रागनका बिरुवा लगाएका छन्। केही जमिन आफ्नै र बाँकी ३८ कट्ठा लिजमा लिएर उनले खेती विस्तार गरेका हुन्।
गत वर्ष उत्पादन भएको ड्रागन फल बिक्रीबाट उनले करिब १२ लाख रुपैयाँ आम्दानी गरेका छन्। यस वर्ष उत्पादन अझ बढ्ने भएकाले आम्दानी पनि थप वृद्धि हुने उनको अपेक्षा छ।
उनले उत्पादन गरेको ड्रागन फल बिक्रीका लागि बजारको कुनै समस्या नभएको बताउँछन्। झापाको बिर्तामोड, दमक, मोरङको उर्लाबारी तथा इलाम बजारका व्यवसायीहरू बगानमै पुगेर फल खरिद गर्ने गरेका छन्। फलको आकारअनुसार प्रतिकिलो २०० देखि ५०० रुपैयाँसम्म मूल्य पाउने गरेको उनले जानकारी दिए।
ड्रागनखेतीबाट आफू मात्र स्वरोजगार नभई स्थानीय पाँच जनालाई स्थायी रोजगारी दिन सफल भएको इङनाम बताउँछन्। गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन आफूले व्यावसायिक खेती रोजेको उनको भनाइ छ। अहिले उनको सफलताले प्रेरित भएर चुलाचुली क्षेत्रमा अन्य किसान पनि ड्रागन फलखेतीतर्फ आकर्षित हुन थालेका छन्।
चुलाचुली गाउँपालिका–२ की मायतीमाया लिम्बू पनि व्यावसायिक ड्रागन किसान हुन्। उनले छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी आठ कट्ठा जमिनमा ६५० वटा बिरुवा रोपेकी छन्। गत वर्ष उनले सबै खर्च कटाएर एक लाख २५ हजार रुपैयाँ आम्दानी गरेकी थिइन्।
ड्रागन फलखेती प्रवर्द्धनमा स्थानीय सरकारको पनि सहयोग रहेको छ। चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा प्रविण इङनामको फार्मलाई चार लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। उक्त रकमले बगान व्यवस्थापन र नयाँ बिरुवा विस्तार गर्न सहयोग पुगेको उनले बताए।
यस्तै, मायतीमाया लिम्बूको फार्मले कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा दुई लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेको थियो।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ ले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए। उनका अनुसार आधुनिक र व्यावसायिक कृषि विस्तार गर्दै युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
इलामको चुलाचुलीसँगै माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा इलाम नगरपालिकाका तल्लो क्षेत्रमा पनि ड्रागन फलखेती विस्तार हुँदै गएको छ। कम लगानी, राम्रो बजार र आकर्षक आम्दानीका कारण ड्रागनखेती पूर्वी पहाडका किसानका लागि नयाँ सम्भावनाको खेतीका रूपमा स्थापित हुँदै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०९:३१
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...
आषाढ़ २९ गते, २०८३ - ०९:२८
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...



प्रतिकृया लेख्नुहोस्: