रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण सोमबार बिहान चपुरमै रोकिएको छ।
आइतबार राति रौतहटको चपुरस्थित धर्मशालामा बसेका पीडितहरू बिहान ५ बजेदेखि यात्रा अघि बढाउने तयारीमा थिए। तर, रातिदेखि परेको मुसलधारे वर्षा र अधिकांश सहभागीका लागि छाताको व्यवस्था हुन नसक्दा मार्च स्थगित गर्नुपरेको अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन्।
उनका अनुसार टोलीमा करिब १०० देखि १५० जनाका लागि तत्काल छाताको आवश्यकता रहेको छ। केही सहभागीसँग मात्र छाता भएकाले वृद्धवृद्धासहित अधिकांश पीडित वर्षामा हिँड्न सक्ने अवस्थामा छैनन्।
‘हाम्रो समूहमा वृद्धवृद्धा बुबाआमा पनि हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यलाई ध्यानमा राखेर छाताको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं। पर्याप्त छाता जुट्नासाथ यात्रा पुनः सुरु गर्छौं,’ घिमिरेले भनिन्।
लगातारको पैदल यात्रा, चर्को घाम र वर्षाका कारण केही महिलासहित धेरै सहभागीको स्वास्थ्यमा समस्या देखिन थालेको उनले बताइन्। कतिपय बिरामी परेका छन् भने धेरैको खुट्टा सुन्निने, फोका उठ्ने र घाउ हुने समस्या देखिएको छ। त्यसैले थप जोखिम नहोस् भन्ने उद्देश्यले केही समयका लागि मार्च रोकिएको हो।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल यात्रा सुरु गरेका हुन्। सरकारसँग भएका सम्झौता कार्यान्वयन, मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठनलगायत छ बुँदे माग लिएर उनीहरू सिंहदरबारसम्म पुग्ने तयारीमा छन्।
प्रतिकूल मौसम, स्वास्थ्य समस्या र सीमित स्रोतसाधनका बाबजुद पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउने अडानबाट आफूहरू पछि नहट्ने मिटरब्याज पीडितहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०९:३१
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...
आषाढ़ २९ गते, २०८३ - ०९:२८
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...



प्रतिकृया लेख्नुहोस्: