दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार गएराति करिब ९ बजे पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किरहेका उनीहरू सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पुगेका थिए। सडकमा पहिरो खसेर अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा अर्को पहिरो खस्दा उनीहरू त्यसको चपेटामा परेका हुन्।
स्थानीयवासीले तत्काल उद्धार गरी आमा–छोरीलाई धुलिखेल अस्पतालको दोलखा शाखामा पुर्याएका थिए। उपचारका क्रममा चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते शर्मिला थामीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले पहाडी क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०९:३१
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...
आषाढ़ २९ गते, २०८३ - ०९:२८
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...



प्रतिकृया लेख्नुहोस्: