ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा निवासी एक परिवारका दिदीबहिनीले आफ्ना स्वर्गीय बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय दम्पती दावा शेर्पा र लाक्पी शेर्पाका छोरीहरू दिकु लामा शेर्पा र जाङ्मु लामा शेर्पाले स्वर्गीय बाबुआमाको स्मृतिमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
स्वर्गीय बाबुआमाको स्मृतिमा दिदी दिकु र बहिनी जाङ्मुले हाङ्देवास्थित श्री साङ्क देछ्योलिङ गोन्पा विद्यालयमा एक लाख रुपियाँको अक्षयकोष स्थापना स्थापना गरेका हुन् । आफ्ना बाबुआमाको स्मृति (सम्झना) मा छोरीहरूले विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेकाे जानकारी दिइएकाे छ । अक्षयकोष बराबरको चेक हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा शेर्पालाई दिदीबहिनीले संयुक्त रूपमा हस्तान्तरण गरे ।
थोरै रकमको अक्षयकोष भए पनि विद्यालयको विकास तथा त्यहाँ अध्ययनरत बालबालिकाको शैक्षिक उन्नति र प्रगतिमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको अक्षयकोषदाता दिकु लामाले बताए । यता विद्यालयको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेकाेमा अक्षयकोषदाता दिदीबहिनीप्रति विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरिएको प्रधानाध्यापक पासाङरिता शेर्पाले बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: