काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको हो ।
उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे। “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने।
काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे। टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो ।
मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए। साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ । उहाँले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए।
बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए । सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गरे। पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताए। उनले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गरे। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गर ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरेको बताए । एक लाख ३७ हजार जनसङ्ख्या भएको टोखामा हाल ११ वडा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...



प्रतिकृया लेख्नुहोस्: