हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ ।
दक्षिणी क्षेत्रका अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिकाका हजारौँ नागरिक बैंक खाता सञ्चालन, सामाजिक सुरक्षा भत्ता, सरकारी सेवा तथा विभिन्न कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि परिचयपत्र बनाएका भए पनि कार्ड हातमा नहुँदा र नम्बर समेत नहुँदा सास्ती खेप्नु परेको हो ।
गत बर्षको साउन भदौको महिनामा सरकारले नि:शुल्क रूपमा विवरण संकलन गरेपछि नागरिक खुसी भएका थिए । तर कार्ड लिन सदरमुकाम सिमकोट नै पुग्नुपर्ने बाध्यता भएपछि दुर्गम गाउँका नागरिक थप समस्यामा परेका छन् ।
दुर्गम गाउँबाट सिमकोट पुग्न कतिपयलाई सवारी साधनमा यात्रा गर्नुपर्छ । कतिपय नागरिक दिनहुँ पैदलयात्रा गर्न बाध्य छन् । गाडीभाडा, खाना बस्न, होटल तथा अन्य खर्च जोड्दा आउँदाजाँदा एक जनाले कम्तिमा बढीमा २० हजार रुपियाँसम्म खर्च गर्नुपरेको स्थानीयले बताएका छन ।
विशेषगरी जेष्ठ नागरिक, अशक्त व्यक्ति र गरिब परिवार यसबाट सबैभन्दा बढी प्रभावित भएका छन । केही महिना अगाडि विवरण संकलन गर्न आउँदा बुढाबुढीलाई सरकारले सेवा सजिलो बनायो भन्ने सुनेको भए पनि अहिले परिचयपत्र लिन जाँदा १० देखि २० हजार खर्च लाग्ने भएपछि समस्या हुने गरेको सर्केगाड गाउँपालिका –७ रोडिकोटका ज्येष्ठ नागरिक रतन्या जैसीले बताए।
उनले राष्ट्रिय परिचयपत्र बनाएपछि बैंकको काम सजिलो हुन्छ भनियो । त्यसैले गाउँमै आएर फोटो खिचे, औँठाछाप लगाएँ । हामीले कार्ड गाउँमै आउँछ होला भन्ने सोचेका थियौँ । पछि सिमकोट गएर आफैँ लिनुपर्छ भनियो । हामीजस्ता बुढालाई त्यो यात्रा कसरी सम्भव हुन्छ ? उनले भने।
सामाजिक सुरक्षा भत्ता बुझ्न होस अन्य बैंकिङ कारोबार गर्न बैंक जानुपर्छ । बैंकले राष्ट्रिय परिचयपत्र माग्नेगरेको उहाँको भनाइ छ । ‘कार्ड नहुँदा काम रोकिन्छ । अब एउटा कागजकै लागि यति दु:ख पाइन्छ भने गाउँका गरिब जनताले कसरी राज्यको सेवा पाउने हो ?’ अदानचुली– २ का युवा लालकेश भण्डारीले प्रश्न गरे।
उनले सरकारले गाउँपालिकामै कार्ड पठाइदिनु पर्छ । होइन भने यो सेवाभन्दा सास्ती हुने गरेको बताए। गत बर्ष भरिएको विवरणबाट नम्बर निकाल्न सकिने ब्याबस्था भए पनि अधिकांश नागरिकको विवरण गलत भएका कारण नम्बर नआउने समस्याले झन नागरिकलाई दु:ख हुने गरेको छ ।
ताँजाकोट गाउँपालिकाकी ४५ वर्षीया मनसरा रोकायाले पनि राष्ट्रिय परिचयपत्रकै कारण आर्थिक समस्या भोग्नुपरेको बताए। उनले भने, “घरको आर्थिक अवस्था कमजोर छ । छोराछोरी पढिरहेका छन् । बैंकको खाता सञ्चालन गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भयो । कार्ड लिन सिमकोट जानुपर्छ भन्ने थाहा पाएपछि चिन्ता लाग्यो ।”
स्थानीय नागरिकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयसँगै त्यसको पहुँच र वितरण प्रणालीलाई पनि व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । हुम्लाजस्ता विकट जिल्लामा सेवा विस्तारको चर्चा धेरै भए पनि व्यवहारमा नागरिकले अझै महँगो यात्रा, आर्थिक बोझ र दु:ख सहेर आधारभूत सेवा लिनुपर्ने अवस्था रहेको गुनासो स्थानीयले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: