तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत पशुसेवा कार्यक्रम अन्तर्गत अनुदान र लगानीको सदुपयोग भएनभएको स्थलगत अनुगमन गर्ने विशेष अधिकार सिधै कृषकहरूलाई सुम्पिने नीतिगत तयारी गरेको हो ।
यस कार्यक्रमलाई संस्थागत रूप दिन नगरपालिकाले ‘भानु नगरपालिका कृषि सञ्जाल कार्यविधि–२०८३’ बमोजिम सबै वडाहरूमा कृषकहरूको आमभेला गराई ‘कृषि सञ्जाल समिति’ गठन प्रक्रिया सुरु गरिसकेको छ ।
राज्यको लगानी लक्षित वर्गसम्म पुर्याउन र बिचौलियाको प्रभाव अन्त्य गरी सुशासन कायम गर्न स्थानीय तहमै यो अनुगमनकारी संरचना बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कृषि र पशुसेवामा हरेक योजना तथा खर्चलाई पारदर्शी र जवाफदेही बनाउनु मुख्य उद्देश्य रहेको बताए ।
“नगरपालिकालाई दुध, माछामासु र अण्डामा आत्मनिर्भर बनाउन प्रतिलिटर ५ रुपियाँ दुध अनुदान जस्ता कार्यक्रम ल्याएका छौँ,“उपप्रमुख गोतामेले भने, “तर ती अनुदान र बजेट वास्तविक किसानले मात्र पाऊन् र खर्च पारदर्शी होस् भन्नका लागि किसानकै नेतृत्वमा सञ्जाल बनाउन लागिएको हो ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार यो सञ्जालले कृषि कार्यक्रमहरूको सफल कार्यान्वयन, माग सङ्कलन र सम्भावित व्यावसायिक कृषि उत्पादन क्षेत्र पहिचान गरी कार्यपालिकालाई ठोस सुझाव पेस गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
पशुसेवा प्राविधिक अमित ढुङ्गानाका अनुसार जेठ ७ गतेदेखि १३ गतेसम्म नगरपालिकाका सबै १३ वटै वडाहरूमा वडास्तरीय भेला सम्पन्न गरी तत्कालै पालिका स्तरको एकीकृत शक्तिशाली किसान सञ्जाल गठन गरिने छ ।
यो सञ्जालले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले किसानका लागि दिने सेवा सुविधाको बारेमा तल्लो तहसम्म जानकारी पुर्याउन र किसानको माग सम्बोधन गर्न सहजीकरण गर्ने छ ।
स्वयं वडादेखि पालिका तहसम्मकै किसानले अनुगमन गर्ने भएपछि सरकारी लगानीको दुरुपयोग रोकिने विश्वास नगरपालिकाले लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...



प्रतिकृया लेख्नुहोस्: