Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जीतपुरसिमारा नगरसभा: गणपुरक संख्या नपुगेपछि दोश्रो पटक स्थगित

खबरडबली संवाददाता

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा पुनः स्थगित गरिएको छ । १० नगरसभामा दोश्रो पटक गणपुरक संख्या नपुगे पछि शनिवार नगरसभा स्थगित गरिएको हो । 

पहिलो बैठक असाढ ६ गतेको लागि डाकिएको थियो र त्यसमा पनि गणपुरक संख्या नपुगे पछि नगरसभा स्थगित गरिएको जानकारी गराईएको थियो । दोश्रो बैठक असाढ ८ गते शनिवारको लागि डाकिएको तर गणपुरक संख्या नपुगेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले दोश्रो पटक बैठक स्थगित भएको जानकारी गराएका हुन । 

जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकाँश वडाध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले १० औं नगरसभा असाढ ६ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध जनाएको थियो । वडाको बजेटमा नगरप्रमुखले ५० प्रतिशत सम्म कटौती गरेको भन्दै वडाध्यक्षहरुले १० औं नगरसभाको बहिष्कार गर्दै आईरहेको छ । जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले तेश्रो बैठक असाढ १० गतेको लागि टोकिएको जानकारी गराएका छन ।

के छ जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षहरुको माग ?

जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्षहरुले १० औं नगरसभामा उपमहानगरले ल्याउन लागेको बजेटमा वडास्तरीय बजेट कटौती नगर्न उपमहानगर प्रमुख पौडेलसंग माग गरेको छ । नगरप्रमुख ज्युले वडाको बजेट कटौती गरेर आफैले ५० प्रतिशत बजेट चलाउनेमा अडान लिए पछि वडाध्यक्षहरु नगरप्रमुख संग असन्तुष्ट बन्दै आएको छ । उपमहानगरले घाटा बजेट ल्याएर वडाको बजेट कटौती गर्न लागेकोले आफुहरुले नगरसभा बहिष्कार गरेको वडा न १८ को वडाध्यक्ष चतुरबाबु वाग्लेले तराई सन्देश अनलाईनलाई बताए । 

वडामा थुप्रै बिकाश गर्नु पर्ने हुन्छ´ नगरप्रमुख ज्युले बजेट नै कटौती गर्न लागे पछि कसरी बिकाश गर्ने भनेर वडाध्यक्ष वाग्लेले प्रश्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्षहरुले वडास्तरीय बजेटको ३० प्रतिशत रकम ठुला आयोजनामा विनियोजन गर्न तयार छन् । हामीहरुले यस पटक वडाको कुल बजेटको ३० प्रतिशत बजेट ठुला आयोजनमा बिनियोजन गर्न त्यार रहेको तर नगरप्रमुख ज्युले कुनै पनि हालमा वडाको सिलिङ नबढाउने अडान लिए पछि नगरसभा अन्यौल बनेको वडाध्यक्षहरुले बताए ।

टुक्रे बजेट कम गर्ने र वडाको सिलिङ नबढाउने नगरप्रमुखको अडान ?

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले टुक्रे बजेटलाई न्यून पार्ने र ठुला आयोजनामा उपमहानगरले लगानी गर्ने अडान लिएको छ । उपमहानगरले यस पटक घाटा बजेट ल्याएकोले वडाको सिलिङ पनि कटौती गरिएको बताए । घाटा बजेट बनाउनु उपमहानगरको विकासका निम्ति घातक रहेकाले गत बर्षको सिलिङलाई निरन्तरता दिन सकिन्न’ नगर प्रमुख पौडेलले भने । अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा वितरणमुखी र टुक्रे योजनाहरू पुरै नियन्त्रण गर्ने मेरो अडान हो’ नगरप्रमुख राजन पौडेलले भने, ‘अहिले समयमै बजेट ल्याउने भन्दा पनि नगरसभा रोक्ने र यसलाई बार्गेनिङ गर्ने परिपाटी बढेको छ ।’

उपमहानगरमा चालु आर्थिक बर्षमा कति छ टुक्रे योजना ?

जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडामा चालु आर्थिक बर्षमा ५०५ वटा टुक्रे योजना रहेको तथ्यांकमा उल्लेख छ ।५०५ वटा टुक्रे योजनामा २४ करोड बढी रकम खर्चेको भेटिएको छ ।  टुक्रे योजनाले बिकाशको गतिमा राम्रो प्रतिफल नल्याएको भन्दै नगरप्रमुखले वडाको सिलिङ नै घटाए पछि अहिले वडाध्यक्षहरु नगरसभा नै बहिषकार गरेको छ ।उपमहानगरका २४ वटा वडामा चालु आर्थिक वर्षमा विनियोजन भएको ३३ करोड बजेटमध्ये २४ करोड १० लाख भन्दा कम रकमका टुक्रे योजनामा खर्च भएको पाइएको हो ।

१० गते हुन्छ त नगरसभा के छ कानुनी प्रवधान ?

संविधानको धारा २३० को अनुसूची ८, स्थानीय सरकारका सञ्चालन ऐनको दफा २३ र जीतपुर सिमरा उपमहानगरको नगरसभा सञ्चालन सम्बन्धी नियमावली २०७५ अनुसार पहिलो पटक बसेको नगरसभामा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपूरक  सङ्ख्या मानिन्छ । यदि सो गणपूरक सङ्ख्या नपुगेमा ३ दिनभित्रमा दोस्रो पटक बैठक बोलाउने र त्यसवेला पनि ५० प्रतिशत नपुगे २ दिनमा तेस्रो पटक बोलाउने र उक्त बैठकमा २५ प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने कानुनी व्यवस्था छ । जीतपुर सिमरा उपमहानगरमा विगत वर्षहरूमा जस्तै यो वर्षपनि समयमा नगरसभा हुन नदिने देखेपछि नगरप्रमुख पौडेलले कानुनी अधिकारको प्रयोग गर्ने विकल्प सोचेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: