Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

जीतपुरसिमारा नगरसभा: गणपुरक संख्या नपुगेपछि दोश्रो पटक स्थगित

खबरडबली संवाददाता

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा पुनः स्थगित गरिएको छ । १० नगरसभामा दोश्रो पटक गणपुरक संख्या नपुगे पछि शनिवार नगरसभा स्थगित गरिएको हो । 

पहिलो बैठक असाढ ६ गतेको लागि डाकिएको थियो र त्यसमा पनि गणपुरक संख्या नपुगे पछि नगरसभा स्थगित गरिएको जानकारी गराईएको थियो । दोश्रो बैठक असाढ ८ गते शनिवारको लागि डाकिएको तर गणपुरक संख्या नपुगेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले दोश्रो पटक बैठक स्थगित भएको जानकारी गराएका हुन । 

जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकाँश वडाध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले १० औं नगरसभा असाढ ६ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध जनाएको थियो । वडाको बजेटमा नगरप्रमुखले ५० प्रतिशत सम्म कटौती गरेको भन्दै वडाध्यक्षहरुले १० औं नगरसभाको बहिष्कार गर्दै आईरहेको छ । जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले तेश्रो बैठक असाढ १० गतेको लागि टोकिएको जानकारी गराएका छन ।

के छ जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षहरुको माग ?

जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्षहरुले १० औं नगरसभामा उपमहानगरले ल्याउन लागेको बजेटमा वडास्तरीय बजेट कटौती नगर्न उपमहानगर प्रमुख पौडेलसंग माग गरेको छ । नगरप्रमुख ज्युले वडाको बजेट कटौती गरेर आफैले ५० प्रतिशत बजेट चलाउनेमा अडान लिए पछि वडाध्यक्षहरु नगरप्रमुख संग असन्तुष्ट बन्दै आएको छ । उपमहानगरले घाटा बजेट ल्याएर वडाको बजेट कटौती गर्न लागेकोले आफुहरुले नगरसभा बहिष्कार गरेको वडा न १८ को वडाध्यक्ष चतुरबाबु वाग्लेले तराई सन्देश अनलाईनलाई बताए । 

वडामा थुप्रै बिकाश गर्नु पर्ने हुन्छ´ नगरप्रमुख ज्युले बजेट नै कटौती गर्न लागे पछि कसरी बिकाश गर्ने भनेर वडाध्यक्ष वाग्लेले प्रश्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्षहरुले वडास्तरीय बजेटको ३० प्रतिशत रकम ठुला आयोजनामा विनियोजन गर्न तयार छन् । हामीहरुले यस पटक वडाको कुल बजेटको ३० प्रतिशत बजेट ठुला आयोजनमा बिनियोजन गर्न त्यार रहेको तर नगरप्रमुख ज्युले कुनै पनि हालमा वडाको सिलिङ नबढाउने अडान लिए पछि नगरसभा अन्यौल बनेको वडाध्यक्षहरुले बताए ।

टुक्रे बजेट कम गर्ने र वडाको सिलिङ नबढाउने नगरप्रमुखको अडान ?

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले टुक्रे बजेटलाई न्यून पार्ने र ठुला आयोजनामा उपमहानगरले लगानी गर्ने अडान लिएको छ । उपमहानगरले यस पटक घाटा बजेट ल्याएकोले वडाको सिलिङ पनि कटौती गरिएको बताए । घाटा बजेट बनाउनु उपमहानगरको विकासका निम्ति घातक रहेकाले गत बर्षको सिलिङलाई निरन्तरता दिन सकिन्न’ नगर प्रमुख पौडेलले भने । अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा वितरणमुखी र टुक्रे योजनाहरू पुरै नियन्त्रण गर्ने मेरो अडान हो’ नगरप्रमुख राजन पौडेलले भने, ‘अहिले समयमै बजेट ल्याउने भन्दा पनि नगरसभा रोक्ने र यसलाई बार्गेनिङ गर्ने परिपाटी बढेको छ ।’

उपमहानगरमा चालु आर्थिक बर्षमा कति छ टुक्रे योजना ?

जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडामा चालु आर्थिक बर्षमा ५०५ वटा टुक्रे योजना रहेको तथ्यांकमा उल्लेख छ ।५०५ वटा टुक्रे योजनामा २४ करोड बढी रकम खर्चेको भेटिएको छ ।  टुक्रे योजनाले बिकाशको गतिमा राम्रो प्रतिफल नल्याएको भन्दै नगरप्रमुखले वडाको सिलिङ नै घटाए पछि अहिले वडाध्यक्षहरु नगरसभा नै बहिषकार गरेको छ ।उपमहानगरका २४ वटा वडामा चालु आर्थिक वर्षमा विनियोजन भएको ३३ करोड बजेटमध्ये २४ करोड १० लाख भन्दा कम रकमका टुक्रे योजनामा खर्च भएको पाइएको हो ।

१० गते हुन्छ त नगरसभा के छ कानुनी प्रवधान ?

संविधानको धारा २३० को अनुसूची ८, स्थानीय सरकारका सञ्चालन ऐनको दफा २३ र जीतपुर सिमरा उपमहानगरको नगरसभा सञ्चालन सम्बन्धी नियमावली २०७५ अनुसार पहिलो पटक बसेको नगरसभामा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपूरक  सङ्ख्या मानिन्छ । यदि सो गणपूरक सङ्ख्या नपुगेमा ३ दिनभित्रमा दोस्रो पटक बैठक बोलाउने र त्यसवेला पनि ५० प्रतिशत नपुगे २ दिनमा तेस्रो पटक बोलाउने र उक्त बैठकमा २५ प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने कानुनी व्यवस्था छ । जीतपुर सिमरा उपमहानगरमा विगत वर्षहरूमा जस्तै यो वर्षपनि समयमा नगरसभा हुन नदिने देखेपछि नगरप्रमुख पौडेलले कानुनी अधिकारको प्रयोग गर्ने विकल्प सोचेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending