Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेको छन्
 ।

भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे। 

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।

वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा गरिएका सहकार्यका प्रयासको  स्वागत गरेको थिए।

दुवै पक्षले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्‍याउन प्रयास तीव्र पार्ने सहमति जनाएका छन् । नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकामा दुवै पक्षले त्यसको स्वागत गरेका छन् । उक्त सम्झौताले सीमापार अपराधसँग सम्बन्धित अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीलाई प्रभावकारी बनाउन संस्थागत कानुनी आधार प्रदान गर्ने छ ।

द्विपक्षीय वार्तापश्चात् भारतका विदेशमन्त्री डा जयशङकरले परराष्ट्रमन्त्री खनाललाई भारतको सन् २०१५ को ‘भूकम्पपछिको पुन:निर्माण सहयोग’ कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना हस्तान्तरण गरेको थिए।

नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रूपमा भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ (पीटुपी) आबद्धताको शुभारम्भ गरेको थिए।

त्यसैगरी ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्ने उद्देश्यसहित डिजिटल ‘इण्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थिए। 

। भ्रमणले दुवै देशका जनताको आकाङ्क्षाअनुरूप द्विपक्षीय साझेदारी विस्तार गर्ने विषयमा विचार आदानप्रदानको अवसर प्रदान गर्नुका साथै त्यस दिशामा भइरहेका प्रयासमा नयाँ ऊर्जा थपेको छ । 

भ्रमणले दुई मित्रवत् छिमेकीबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई पनि सुदृढ बनाएकोे छ । भारतले ‘छिमेक पहिले’परराष्ट्र नीतिअन्तर्गत नेपालसहित दक्षिण एसियाका छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आपसी विश्वास, सम्पर्क सञ्जाल, व्यापार, विकास साझेदारी र जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउने प्रयत्न गर्दै आएको छ । परराष्ट्रमन्त्री खनालको यो भ्रमण आपसी विश्वास र समझदारीलाई अझ उन्नत बनाउँदै द्विपक्षीय सम्बन्धलाई सबल बनाउन सफल भएको ठानिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending