Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

स्विमिङ पुलमा डुबेर आठ वर्षीय बालकको मृत्यु

खबरडबली संवाददाता

कपिलवस्तु। आमा सँगै पौडी खेल्न स्विमिङ पुलमा पुगेका कपिलवस्तुका एक बालकको डुबेर मृत्यु भएको छ ।शनिबार बाणगङ्गा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर बुद्धभूमि नगरपालिका २ का वर्षीय आभास चुदालीको मृत्यु भएको हो ।

लाइफ ज्याकेट र उद्धारकर्ता नहुँदा ती बालकले अकालमा ज्यान गुमाउनु परेको छ ।बालकको मृत्यु भएपछि स्विमिङ पुलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

पीडित परिवारले रिसोर्टमा आवश्यक सुरक्षा मापदण्ड तथा आपतकालीन उद्धार व्यवस्था नहुँदा बालकको ज्यान गएको आरोप लगाएका छन् ।

स्विमिङ पुल सञ्चालन गर्दा यस्ता संरचनामा लाइफ ज्याकेट अनिवार्य हुने तथा करिब १५ जना बच्चा बराबर कम्तीमा एक जना लाइफ गार्डको व्यवस्था हुनुपर्ने मानक अभ्यास रहन्छ ।

तर, घटनास्थलमा उक्त मापदण्ड कति पालना गरिएको थियो भन्नेबारे पनि प्रश्न उठेको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घटनाको विषयमा सिसिटिभी फुटेज हेरेर विस्तृत अनुसन्धान अघि बढाइने भएको छ । 

घटनाको वास्तविक कारण पत्ता लगाउन फुटेज, प्रत्यक्षदर्शी बयान तथा अन्य प्रमाण सङ्कलन गरिने प्रहरीले जनाएको छ । स्थानीयवासीले समेत रिसोर्टको लापरबाही र सुरक्षा कमजोरीका कारण घटना भएको भन्दै कडा छानबिनको माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा...

रास्वपाको बागमतीमा ९ जिल्ला अधिवेशन सम्पन्न, कहाँ को विजयी भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट सम्बन्धित ...

रास्वपा झापा अध्यक्षमा भण्डारी निर्वाचित

बिर्तामोड। राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएको छन् । शनिबार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएक...

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ। नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतब...

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।  कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्ड...

रास्वपा सल्यानको सभापतिमा पुन: नेपाली चयन

सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुन: प्रकाश नेपाली सर्वसम्मत चयन भएको छन्। सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको...

स्विमिङ पुलमा डुबेर आठ वर्षीय बालकको मृत्यु

कपिलवस्तु। आमा सँगै पौडी खेल्न स्विमिङ पुलमा पुगेका कपिलवस्तुका एक बालकको डुबेर मृत्यु भएको छ ।शनिबार बाणगङ्गा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्वि...

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...

बंगलादेशमाथि भारतको शानदार जित, छैटौं पटक साफ महिला च्याम्पियन

काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...

दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending