काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले खानपानको सुनिश्चितामार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताएको छन् । उनले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यन्वयनलाई उच्च प्राथमिकता राखिएको बताए।
यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यलाई तीव्रता दिइने शुभकामना उल्लेख गरिएको छ । खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कामय राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताएको छन् ।
उनले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उल्लेख गरे।
मन्त्री मेहताले यस दिवसले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सबै सरोकारवालाई स्वच्छ खानपानको महत्त्व आत्मसात गर्न र आआफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेको छन् ।
आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष ६० करोड मानिसले दूषित खानाका कारण बिरामी पर्ने र चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १२:३४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न भएका ९ वटै जिल्लामा...
जेष्ठ २४ गते, २०८३ - १२:२०
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा ...
जेष्ठ २४ गते, २०८३ - १२:०८
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेको छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्...
जेष्ठ २४ गते, २०८३ - ११:४९
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुप...
जेष्ठ २४ गते, २०८३ - ११:२९
महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविर...
जेष्ठ २४ गते, २०८३ - ११:०९
भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा...
जेष्ठ २४ गते, २०८३ - ११:००
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट सम्बन्धित ...
जेष्ठ २४ गते, २०८३ - १०:४४
बिर्तामोड। राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएको छन् । शनिबार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएक...
जेष्ठ २४ गते, २०८३ - १०:२६
काठमाडौँ। नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतब...
जेष्ठ २४ गते, २०८३ - १०:१६
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्ड...



प्रतिकृया लेख्नुहोस्: