Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खबरडबली संवाददाता

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । 

कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। 

आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम०, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ । 

आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालित भएका छन् । रास्वपाले शनिबार ३८ जिल्लामा अधिवशेन सम्पन्न गरिसकेको छ । आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन सम्पन्न भएका छन् । 

यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ । 

जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण खुड्किला भएको जनाउँदै आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरेको छ ।

विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुने सो पार्टीले जनाएको छ । प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ । 

यही जेठ २६ गतेदेखि सो पार्टीको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएका छन् । 

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्माणाधीन इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविर...

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा...

रास्वपाको बागमतीमा ९ जिल्ला अधिवेशन सम्पन्न, कहाँ को विजयी भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट सम्बन्धित ...

रास्वपा झापा अध्यक्षमा भण्डारी निर्वाचित

बिर्तामोड। राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएको छन् । शनिबार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएक...

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ। नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतब...

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।  कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्ड...

रास्वपा सल्यानको सभापतिमा पुन: नेपाली चयन

सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुन: प्रकाश नेपाली सर्वसम्मत चयन भएको छन्। सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको...

स्विमिङ पुलमा डुबेर आठ वर्षीय बालकको मृत्यु

कपिलवस्तु। आमा सँगै पौडी खेल्न स्विमिङ पुलमा पुगेका कपिलवस्तुका एक बालकको डुबेर मृत्यु भएको छ ।शनिबार बाणगङ्गा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्वि...

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...

बंगलादेशमाथि भारतको शानदार जित, छैटौं पटक साफ महिला च्याम्पियन

काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending