Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बुधबार अवैध लागूऔषधसहित १० जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ । कैलाली, कञ्चनपुर, नवलपरासी, बर्दीया, सुनसरी र झापाबाट अवैध लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ५ सय ७० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका बर्दिया मधुवन नगरपालिका-७ ताराताल बस्ने ३५ वर्षीय दिनेश मगरलाई पक्राउ गरेको हो । 

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बुधवारे चोकस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल ६ क्याप्सुल, स्पास्मो ६ ट्याब्लेट र नाइट्रोजन पेन १ ट्याब्लेटसहित धरान उपमहानगरपालिका-१३ सुर्यमार्ग बस्ने २८ वर्षीय श्याम बहादुर परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले धरानबाट बुधवारेतर्फ जाँदै गरेको को.१ ज ३४०५ नम्बरको सुमो चालक परियारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

संखुवासभाको खाँदबारी नगरपालिका-१ टुडिखेलस्थित खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८ सय मिलिग्रामसहित भारतबिहार तेत्रीवाडी बस्ने ३० वर्षीय एमडी साहेवजामलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले पक्राउ गरेको  छ ।

नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-४ पोखरीबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुलिङटार गाउँपालिका-४ बस्ने ४८ वर्षीय भबिलाल गाहा, ४३ वर्षीय लाल बहादुर सोती र ४४ वर्षीया पदम सोती रहेका छन् । 

गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट दलदले, इलाका प्रहरी कार्यालय रजहर र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा भबिलाललाई ४ किलोग्राम, लाबहादुरलाई २० किलोग्राम र पदमलाई २६ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । 
 
झापाकाे बिर्तामोड नगरपालिका-१ धिमाल बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन  १ ग्राम ३ सय ४० मिलिग्रामसहित कचनकवल गाउँपालिका-३ घर भएका ३६ वर्षीय अलाउदिन मियालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरको पुनर्बास नगरपालिका-१ ढक्काबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ८० मिलिग्रामसहित बेलौरी नगरपालिका(४ मोतिपुर बस्ने १६ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषधखैरो हेरोइन २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३० वर्षीय सरोज चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीकै टीकापुर नगरपालिका-५ नुक्लिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पक्राउ परेका सबैको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending