काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ । कैलाली, कञ्चनपुर, नवलपरासी, बर्दीया, सुनसरी र झापाबाट अवैध लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ५ सय ७० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका बर्दिया मधुवन नगरपालिका-७ ताराताल बस्ने ३५ वर्षीय दिनेश मगरलाई पक्राउ गरेको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बुधवारे चोकस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल ६ क्याप्सुल, स्पास्मो ६ ट्याब्लेट र नाइट्रोजन पेन १ ट्याब्लेटसहित धरान उपमहानगरपालिका-१३ सुर्यमार्ग बस्ने २८ वर्षीय श्याम बहादुर परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले धरानबाट बुधवारेतर्फ जाँदै गरेको को.१ ज ३४०५ नम्बरको सुमो चालक परियारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
संखुवासभाको खाँदबारी नगरपालिका-१ टुडिखेलस्थित खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८ सय मिलिग्रामसहित भारतबिहार तेत्रीवाडी बस्ने ३० वर्षीय एमडी साहेवजामलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-४ पोखरीबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुलिङटार गाउँपालिका-४ बस्ने ४८ वर्षीय भबिलाल गाहा, ४३ वर्षीय लाल बहादुर सोती र ४४ वर्षीया पदम सोती रहेका छन् ।
गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट दलदले, इलाका प्रहरी कार्यालय रजहर र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा भबिलाललाई ४ किलोग्राम, लाबहादुरलाई २० किलोग्राम र पदमलाई २६ किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।
झापाकाे बिर्तामोड नगरपालिका-१ धिमाल बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय ४० मिलिग्रामसहित कचनकवल गाउँपालिका-३ घर भएका ३६ वर्षीय अलाउदिन मियालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्बास नगरपालिका-१ ढक्काबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ८० मिलिग्रामसहित बेलौरी नगरपालिका(४ मोतिपुर बस्ने १६ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषधखैरो हेरोइन २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३० वर्षीय सरोज चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै टीकापुर नगरपालिका-५ नुक्लिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: