Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

काठमाडाैं लगायतका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ । काठमाडौं, झापा लगायतका अन्य स्थानकाट उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ देउरालीबाट अवैध लागूऔषध गाँजा ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३६ वर्षीय निरोज दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०२९ प १४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  
झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा एम्बाप्पे होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-११ घर बताउने २९ वर्षीय मनिष प्रधान र पाँचथर फिदिम नगरपालिका-१ घर बताउने २० वर्षीया खिङतानुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पाल्पाको तानसेन नगरपालिका(२ मेहलधारास्थित डियास कटेजबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ६० मिलिग्रामसहित गुल्मी सत्यवती गाउँपालिका-४ घर भई हाल पाल्पा तानसेन नगरपालिका-६ बस्ने ४१ वर्षीय शिब प्रसाद बुढाथोकीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 
बाँकेको कोहलपुर नगरपालिका-११ स्थित सुर्खेती सल्यानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने कालिकोट घर भएकी ३० वर्षीया अप्सरा पुन मगर र सल्यान बनगाड कुपेन्डे नगरपालिका-८ बस्ने ३७ वर्षीय दिल बहादुर बुढा रहेका छन् । 
यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-१२ मसुरीखेत बस्ने २० वर्षीय सन्तोष रसाईलीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर लौकाहीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय १० मिलिग्रामसहित मधुबन नगरपालिका-५ बस्ने १९ वर्षीय समिर सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३७ वर्षीय मनिष लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम ९ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैको  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending