Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

काठमाडाैं लगायतका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ । काठमाडौं, झापा लगायतका अन्य स्थानकाट उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ देउरालीबाट अवैध लागूऔषध गाँजा ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३६ वर्षीय निरोज दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०२९ प १४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  
झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा एम्बाप्पे होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-११ घर बताउने २९ वर्षीय मनिष प्रधान र पाँचथर फिदिम नगरपालिका-१ घर बताउने २० वर्षीया खिङतानुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पाल्पाको तानसेन नगरपालिका(२ मेहलधारास्थित डियास कटेजबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ६० मिलिग्रामसहित गुल्मी सत्यवती गाउँपालिका-४ घर भई हाल पाल्पा तानसेन नगरपालिका-६ बस्ने ४१ वर्षीय शिब प्रसाद बुढाथोकीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 
बाँकेको कोहलपुर नगरपालिका-११ स्थित सुर्खेती सल्यानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने कालिकोट घर भएकी ३० वर्षीया अप्सरा पुन मगर र सल्यान बनगाड कुपेन्डे नगरपालिका-८ बस्ने ३७ वर्षीय दिल बहादुर बुढा रहेका छन् । 
यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-१२ मसुरीखेत बस्ने २० वर्षीय सन्तोष रसाईलीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर लौकाहीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय १० मिलिग्रामसहित मधुबन नगरपालिका-५ बस्ने १९ वर्षीय समिर सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३७ वर्षीय मनिष लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम ९ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैको  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: