सर्लाही । सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् ।
जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नगरपालिका तथा धन्कौल र चन्द्रनगर गाउँपालिकाले पाठ्यपुस्तकका लागि रकम निकासा नदिँदा शैक्षिकशत्र सुरूभइसक्दा पनि पाठ्यपुस्तक वितरण गर्न नसकिएको स्थानीय विद्यालयले जनाएका छन् ।
पालिकाले आन्तिरिक समस्या देखाउँदै पाठ्यपुस्तक खरिदका लागि निकासा नगरेपछि पाठ्यपुस्तक वितरण नहुँदा पठनपाठन नै प्रभावित भएको हरिपुर्वा–२ स्थित प्राथमिक विद्यालयका शिक्षक दिनेश रायको भनाइ छ ।
हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्लेले भने प्रमुख प्रशासकीय अधिकृत नभएकाले पुस्तक खरिदका लागि निकासा दिन ढिलाइ भएको बताए । प्रशासकीय अधिकृत आउनेबित्तिकै निकासा दिने गरी उधारोमा भए पनि पुस्तिक वितरण गर्न आग्रह गरिएको र धेरै विद्यालयले सोहीअनुसार व्यवस्था गरेका समेत उनले बताए ।
त्यस्तै, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि पछि भुक्तानी गर्ने गरी विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन आग्रह गरिएको बताए ।
चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न मावि बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले भने पालिकाहरूले समयमै पुस्तकको भुक्तानी नगर्ने भन्दै स्थानीय पुस्तक वितरकले उधारोमा कारोबार गर्न नमानेका बताए । आफ्नो विद्यालयमा जस्तै निकासा रोकिएर समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका धेरै विद्यालयलाई समस्या भएको उनको भनाइ छ ।
सर्लाहीमा चार सय ४२ सामुदायिक विद्यालयमा एक लाख १९ हजार सात सय सात विद्यार्थी भर्ना रहेका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिए । तिमध्ये उल्लेखित पाँच पालिका क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक वितरणमा समस्या छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: