Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प्राधिकरण लाई निर्देशन दिएका छन्। लामो समयदेखि अल्झिएको बक्यौता रकम छिटो फर्स्यौट गर्न उनले प्राधिकरणलाई विशेष ध्यान दिन आग्रह गरेका हुन्।

प्राधिकरण सञ्चालक समिति तथा उपकार्यकारी निर्देशकहरूसँग छुट्टाछुट्टै भएको बैठकमा मन्त्री श्रेष्ठले विद्युत् महसुल बक्यौता लामो समयदेखि समाधान हुन नसकेको र बक्यौता रकमसमेत ठूलो भएकाले यसलाई शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने बताएका थिए।

बैठकमा उनले भने, “सञ्चालक समितिले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको छ। अब विद्युत् महसुल, जरिवानालगायतका विवाद उक्त समितिमार्फत पुनरावलोकन गर्न सकिन्छ। अन्य विषयमा प्राधिकरणको व्यवस्थापन नियमित प्रक्रियाअनुसार अघि बढ्नुपर्छ।”

मन्त्री श्रेष्ठले बक्यौता असुलीका लागि मन्त्रालयको थप निर्देशन पर्खिएर बस्न आवश्यक नरहेको स्पष्ट पारे। उनका अनुसार यस विषयमा विगतमा पर्याप्त अध्ययन, छानबिन तथा निर्णय भइसकेका छन्। अब थप निर्णयभन्दा पनि विद्यमान ऐन, नियम र प्रक्रियाअनुसार कार्यान्वयनमा जानुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले कसैप्रति पक्षपात वा विभेद नगरी प्राधिकरणको उच्च व्यवस्थापनले आफ्नो संयन्त्र परिचालन गर्दै बक्यौता असुलीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। मन्त्रालयको निर्देशन कुर्नुभन्दा कानुनी व्यवस्था र प्रक्रियाअनुसार कार्य अगाडि बढाउन उनले सुझाव दिए।

मन्त्री श्रेष्ठका अनुसार डेडिकेटेड फिडर, ट्रंक लाइन, इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र तथा सडक बत्तीजस्ता सबै क्षेत्रबाट उठ्न बाँकी महसुल असुल गर्न आवश्यक छ। कानुनी प्रक्रियामा रहेका बाहेकका बक्यौता रकम असुलीमा प्राधिकरण अल्मलिन नहुने उनको भनाइ थियो।

महालेखा परीक्षकको महालेखा परीक्षकको कार्यालय को ६३औँ प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता रकम ५० अर्ब १ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ। यसले बक्यौता व्यवस्थापन र असुली प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्मार्ट सेल प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ, सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...

धनुषामा तनाव कम गर्न सर्वदलीय बैठक बस्दै, सहमति जुटे सद्भाव र्‍याली निकालिने

जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...

जलेश्वर र गौशाला बन्द, सुरक्षा व्यवस्था कडा

महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...

एकै दिन संसद्मा ९ विधेयक दर्ता, कानुन निर्माणलाई तीव्रता दिने सरकारको तयारी

काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...

मधेशको तनावबारे प्रधानमन्त्रीले थाले मधेशकेन्द्रित दलका शीर्ष नेतासँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...

ब्रोड पिक हिमपहिरो अपडेट: ४ जनाको शव फेला

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...

मन्दिर अगाडि मृत भेटिएको घटना धार्मिक विवादसँग जोडिएको हैन: प्रहरी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...

सामाजिक सद्भावमा जोड, सुरक्षा संयन्त्र सक्रिय

मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...

ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोही को–को हुन् ?

काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...

अर्को सूचना जारी नभएसम्मका जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending