काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा भएको फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११।३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित भएको थियो। त्यसपछि डीएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भयो।
नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४० बलमा ६५ रन बनाए। उनले आफ्नो इनिङ्समा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेल २४ बलमा ३५ रन बनाएर अविजित रहे।
बलिङतर्फ हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। हङकङका लागि अंशुमान रथले सर्वाधिक ८० रन बनाए भने शाहिद वसिफले ५५ रनको योगदान दिए। शिव माथुरले २६ रन जोडेका थिए।
नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल सावित भए। उनले ४ विकेट लिए भने करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
दुई समूहमा विभाजित प्रतियोगिताबाट समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भएका छन्। यी चार टोलीले जापानमा आयोजना हुने एसियन गेम्स क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन्।
नेपालले सम्पूर्ण प्रतियोगिताभर अपराजित यात्रा कायम राख्दै उपाधि उचालेको हो, जसले आगामी एसियन गेम्सअघि टोलीको आत्मविश्वास थप बलियो बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:५०
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...
श्रावण १५ गते, २०८३ - १२:३३
जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...
श्रावण १५ गते, २०८३ - १२:२७
महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...
श्रावण १५ गते, २०८३ - १२:१७
काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...



प्रतिकृया लेख्नुहोस्: