काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार गरेको छ।
फिफा विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई प्रतिबन्ध हटाउन आग्रह गर्दै राखेप पुगेका थिए। तर, राखेपले हालको अवस्थामा विदेश यात्रा खुला गर्न नसकिने स्पष्ट गरेको छ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताका अनुसार पदाधिकारीमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउने कुनै निर्णय भएको छैन।
स्रोतका अनुसार एन्फा पदाधिकारीहरू यसअघि अध्यागमन विभाग पनि पुगेका थिए। तर, अध्यागमनले राखेपको सिफारिसबिना यात्रा प्रतिबन्ध हटाउन नसकिने जनाएको थियो। त्यसपछि उनीहरू पुन: राखेप पुगेका हुन्।
अध्यक्ष नेम्बाङ र महासचिव राई जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागी हुन आजै राति मेक्सिको जाने तयारीमा थिए। तर, राखेपको निर्णयपछि उनीहरूको यात्रा अन्योलमा परेको छ।
राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीमाथि विदेश यात्रा प्रतिबन्ध लगाएको थियो। उक्त निर्णय आर्थिक विषयसँग सम्बन्धित छानबिनका क्रममा गरिएको बताइएको छ। छानबिन प्रक्रिया जारी रहेकाले प्रतिबन्ध यथावत् राखिएको राखेपको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:५०
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...
श्रावण १५ गते, २०८३ - १२:३३
जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...
श्रावण १५ गते, २०८३ - १२:२७
महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...
श्रावण १५ गते, २०८३ - १२:१७
काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...



प्रतिकृया लेख्नुहोस्: