काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत प्रदेश सरकारहरूलाई कुल १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ हस्तान्तरण गरिने भएको छ।
सार्वजनिक विवरणअनुसार यस वर्ष मधेश प्रदेशले सबैभन्दा बढी बजेट प्राप्त गर्ने भएको छ। मधेश प्रदेशका लागि कुल १७ अर्ब ५१ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, कोशी प्रदेशले १६ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ तथा बागमती प्रदेशले १५ अर्ब २२ करोड १४ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
लुम्बिनी प्रदेशका लागि १४ अर्ब २४ करोड १७ लाख रुपैयाँ बजेट छुट्याइएको छ भने कर्णाली प्रदेशले १३ अर्ब २२ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछ। गण्डकी प्रदेशको भागमा १२ अर्ब ७७ करोड २८ लाख रुपैयाँ परेको छ।
सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशले सबैभन्दा कम बजेट प्राप्त गर्ने भएको छ। उक्त प्रदेशका लागि ११ अर्ब ५० करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले प्रदेशहरूलाई उपलब्ध गराउने कुल अनुदानमध्ये वित्तीय समानीकरण अनुदानको हिस्सा सबैभन्दा ठूलो रहेको छ। यस शीर्षकअन्तर्गत सातै प्रदेशलाई कुल ६१ अर्ब ५० करोड ३२ लाख रुपैयाँ हस्तान्तरण गरिनेछ।
यस्तै, सशर्त अनुदानतर्फ ३९ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ ४ अर्ब ६० करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारहरूले प्राप्त गर्ने उक्त बजेट आफ्नो वार्षिक नीति, कार्यक्रम तथा विकास आयोजनाहरू कार्यान्वयन गर्न खर्च गर्नेछन्। अन्तरसरकारी वित्तीय हस्तान्तरणले प्रदेशहरूको वित्तीय क्षमता अभिवृद्धि गर्नुका साथै संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:५०
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...
श्रावण १५ गते, २०८३ - १२:३३
जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...
श्रावण १५ गते, २०८३ - १२:२७
महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...
श्रावण १५ गते, २०८३ - १२:१७
काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...



प्रतिकृया लेख्नुहोस्: