Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् ।

सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका करिब ११:०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् ।  टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।

प्रहरीका अनुसार टिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ । 

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापर्वाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टीएमसी नेता जहाँगीर खान नेपाल सीमाबाट पक्राउ

कोलकाता । पश्चिम बंगाल प्रहरीको स्पेशल टास्क फोर्सले सोमबार तृणमूल कंग्रेस (टीएमसी)का नेता जहाँगीर खान लाई पक्राउ गरेको छ। उनलाई नेपाल सीमाबाट पक्राउ ...

लुम्बिनीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, मन्त्रालयको जिम्मेवारीसमेत तोकियो

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती ले मन्त्रीहरूलाई शपथ ...

बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मङ्गलबार बस्ने भएको छ। एमाले सचिव...

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शन...

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व...

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश...

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्...

रास्वपा कञ्चनपुरमा विष्ट निर्वाचित

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन् ।  आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको ...

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्र...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। समसामयिक रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending