Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

खबरडबली संवाददाता

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ । 

एघार स्पानसहित तीन यस ६३ दशमलव पाँच मिटर लामो सो पुलेको सर्लाहीतर्फको स्पान नम्बर पाँचको ‘सपोर्ट स्प्रिङ’ जीर्ण भएर पाँच ईन्च तल सरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । 

बागमती नगरपालिका–११ निवासी मिलन श्रेष्ठले मुख्य राजमार्गमा रहेको पुलको स्पान भाँसिन थाले पनि मर्मतका लागि सरोकारवाला निकायको ध्यान जाननसकेको बताए । ‘‘दैनिक दर्जनौ सवारी साधन यही पुल ओहोरदोहोर गर्छन् । पुल हल्लिएर सानो सवारी चलाउने हामीजस्ता चालकलाई त झनै जोखिम छ । यस विषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई जानकारी गराइए पनि मर्मतका लागि कुनै पहल भएको छैन”, श्रेष्ठले गुनासो गर्दै भने । 

यही सडक भएर दिनहुँ सवारी चलाउने चालक केशव थापाले पनि पुलको एउटा स्पान नै तल सरेकाले दुर्घटनाको जोखिम बढेको बताए । सडक डिभिजन कार्यालय सर्लाही–रौतहटका प्रमुख दिपेन्द्र पाण्डेयले भने पुल जीर्ण भएको विषयमा सडक डिभिजन कार्यालयबाट अनुगमन गरी अवस्थाबारे जानकारी लिइएको बताए । 

पूर्वमा कमला नदीदेखि बागमती नदीसम्मको चार लेन सडकमा पर्ने पुल निर्माणका लागि नयाँ योजना बनिरहेकाले अहिले मर्मतलगायतका काम नगरिएको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा चट्याङ लागेर चार जना घाइते

बझाङ । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन् । खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । एउटा घर जलेर नष्ट हु...

कालिकाेटकाे रास्कोटमा खाद्य डिपो स्थापना

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डि...

मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा

काठमाडौं । प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ ।  आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज सा...

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते

दार्चुला । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन् ।  जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली ...

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए । यो ...

नयाँ सहर विस्तार आयोजना सरकारकाे उच्च प्राथमिकतामा छ: मन्त्री बुढा

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । काठमाडौं उपत्यका भित्र रहेको ...

वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवक पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबा...

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं । अमेरिकामा पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नगरपालिका–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले प...

गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुर । अरनीको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । बाेलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात...

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies