Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डद्वारा खुशी व्यक्त

खबरडबली संवाददाता

काठमाडौँ । दक्षिण कोरियामास्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ (एसजीटी–२०२४) को सम्मेलन आयोजना गरिएको हो । 
मंगलबार राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।  
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा शुभकामना सन्देश दिँदै अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र साँेचसहितको सम्मेलन गरेकोमा आफू निकै खुसी व्यक्त गरे । विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधर खेलकुद पर्यटनको सम्मभावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभाकमाना सन्देशमा भनिएको छ, “हाम्रो राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्वपूर्ण कोसेढुङ्गातर्फ सावित हुनेछ ।” 
प्रधानमन्त्रीले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर यसले आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्वपूण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै नसकिएको उल्लेख गरिएको छ । 
कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पनि सम्मेलनलाई शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताएका छन् । नेपाल पनि अथाह पर्यटकि खेलको सम्मभावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यबादसमेत दिएका छन् । 
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलनमा सरोकारवाला पक्षकारुपमासँगै बसेर छलफल गर्न पाउँदा निकै खुसि भएको बताइन् ।
त्यसैगरी राष्ट्रिय खेलकुन परिषदका सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिएको बताए । 
सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डसनका संरक्षक डा.शेश घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति–नियम अख्तियार गर्ने, त्यपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ति गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्याति प्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष विनोद कँुवारले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नती गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको धारणा राखे । 
अयोजक संस्था ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्षसमेत रहेका कुँवरले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गकोरुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने धारणा व्यक्त गरे । 
सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा.कि–जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुसि लागेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुनेभएकाले त्यको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिए ।
कार्यक्रममा एनआरएन आईसीसीकी महासचिब जानकी गुरुङले अफूरुले विश्वभरका नेपालीहरुलाई नेपालको पर्यटनलाई खेलक्षेत्रमा जोड्न सहयोगको लागि अपिल गरिन् ।
नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान(नेस्पो)का अध्यक्ष साम्राज्यविक्रम पाण्डेले बहुआयामीक उद्देश्यसहित भएको सम्मेलनले नेपाल र नेपालीको आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।
एनआरएन आईसीसी कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले सम्मेलनले कोरिया र नेपालबीचको सम्बन्धलाई अझै प्रगढ बनाउन सहयोग पुग्ने धारणा राखे ।
हान्याङ विश्वविद्यालयका खेलकुद उद्योग तथा विज्ञान विभाग प्रमुख तथा कार्यक्रम अध्यक्ष डा.जोङ–ही किम, सो वश्वविद्यालयका एसोसियट प्रोफेसर तथा कार्यक्रम संयोजक सिद्धार्थ विक्रम पाण्डे र सो विद्यालयमा ‘ग्लोबल हेल्थ एण्ड डेभलपमेन्ट’विषयमा विद्यावारिदी गरिरहेकी तथा कार्यक्रमकी सह–संयोजक संगिता कुवरले स्वागत मन्तव्य दिएका थिए ।
हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ–नो लीले केभिड–१९ पछि विश्मा आर्थिक, सामाजिक र संस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानव जीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राखे ।  
सम्मेलनमा सेजोङ विश्वविद्यालयका डिपाटमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किमले पछिल्लो समयमा पर्यटन क्षेत्रमा सबैभन्दाबढी समस्या आएकोले यसलाई माथि उठाउन खेलकुद क्षेत्र जोड्दा सफल हुने धारणा राखे ।
ग्लोबल एनआरएन फाउण्डेसन उपाध्यक्ष भोमादेवी लिम्बुले नेपाल प्राकृतिक तथा संस्कृतिक सम्पदाको धनी देश भएकाले यसमा पर्यटन जोड्दा अझ बढी सफलता मिल्ने बताईन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५ औं आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य अर्थिक आधारकारुपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेलक्षेत्र जोड्दा थप बिलयो हुने विश्वास रहेको बताइन् ।
डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्ग बु–सोपले अटोनोमस ड्राइभिङ मोनोरेल सिस्टम हिमाली तथा पहाडी क्षेत्रमा उचित हुने र नेपालमा त्यस किसिमको प्रविधी सहतिको मोनोरेलको व्यवस्थाले पर्यटनमा सघाउने सुझाए ।
पुसान न्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोर्टस साइनसका प्रोफेसर डा.डेभि ओसुलिभानले सम्मेलनको सत्र सञ्चालन गरेका थिए ।
हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा.सुङ मिन किम,अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाँणिज्य दूत एसी र्षेर्पा, अमेरिकाको ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङले नेपाल खेलकुद पर्यटनको लागि अति उत्तम भएकाले त्यसको विकासमा ध्यान पुर्यान सुझाए ।
त्यसैगरी, हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा.दोङउन हान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसनएक्स को.लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सम्पन्न सम्मेलनको कोरियाका लागि नेपाली राजदूतावास सियोल, ग्लोबल एनआरएन फाउण्डेसन, हान्याङ यूनिभर्सिटी र एमआईटी ग्रुप फाउण्डेसन मेलबर्न अस्टे«लियाले संयुक्तरुपमा आयोजान गरेका थिए भने नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान (नेस्पो)ले सहजकर्ताको भूीमका खेलेको थियो ।
सम्मेलनको प्रायोजन मेल्बर्न इन्स्टीच्युट अफ टेक्नोलोजी, एभरेष्ट १०० रेष्टुरेन्ट दुबाई, मे, इन्टरनेष्नल शेर्पा गाईडस, नेस्पो, ह्युमेन केयर रोबोट सिस्टम, यूनिभर्षल टुर्स एण्ड ट्राभल्स, माया मार्ट किन कर्पोरेसन, योर सक्सेस आओर प्रारिटी, नेपाल मोनोरेल, ट्राभल्स एण्ड टुर्स, दर्शन नमस्ते इण्डियन एण्ड नेपाली फूड रोष्टुरेण्ट, नेकोमज, लाईफ साइन्स टेक्नोलोजी, केम फोरेक्स रेमिट्यान्स, फास्ट पोङग, योर बिल्डिङ काउन्टस वाइवीसी सर्भिस वेलायत, रिति र विभिन्न कोरियन संस्थाहरुले प्रायोजन गरेका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending